नोबेलमा पेनक्रियाज क्यान्सरको सफल अप्रेशन

 

साउन १७, बिराटनगर । नोबेल शिक्षण अस्पतालले पेनक्रियाज ग्रन्थीमा भएको क्यान्सरको अप्रेशन सफलतापूर्वक गरेको छ । 

झापाको बिर्तामोड नगरपालिका–३ आदर्शनगरकी ६९ बर्षीया सरस्वता ढकालको पेनक्रियाज ग्रन्थी क्यान्सरको अप्रेशन सफलतापूर्वक गरिएको हो । 

null

आन्द्राको ठुलो भाग, पेनक्रियाज ग्रन्थी र पित्तको नली काटेर जोड्नुपर्ने हुँनाले यो अप्रेशन जटिल हुँने गरेको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले बताए । डा.यादवका अनुसार पेनक्रियाज ग्रान्थी काट्ने क्रममा सँगै रहेका धमनीमा चोट लाग्ने संभावना धेरै हुन्छ । चोट लागेमा बिरामीको ज्यान नै जान सक्छ । काटेर नयाँ तरिकाले जोड्नुपर्ने हुँनाले राम्रोसँग नजोडिने र नजोडिदा बिरामीको ज्यान बचाउँन गाह्रो पर्ने डा.यादब बताउँछन् । तर, नोबेलमा डा.यादव नेतृत्वको चिकित्सकहरुको टोलीले बृद्धा ढकालको जटिल अप्रेशन सफलतापूर्वक गरेको हो ।  

 

अप्रेशन सफल भएपछि अहिले बिरामीको स्वास्थ्यमा सुधार आएको छ । बिरामीले भने ‘ पीडाका कारण अव बाच्दिन जस्तो लागेको थियो । अप्रेशन गरेपछि अहिले ठिक छु । अव केहि बर्ष बाच्छु जस्तो लागेको छ ।’  जटिल अप्रेशन सफलतापूर्वक गरेर स्वास्थ्यमा सुधार आएपछि बिरामीका आफन्त पनि हर्षित छन् । 

स्वास्थ्यमा सुधार भएपछि बिरामी ढकाल अस्पतालबाट घर फर्किएकी छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलमा जटिल तथा दुर्लभ अप्रेशन पनि सफलतापूर्वक गरिदैं आएको छ ।  

भिडियाे हेर्नुस् 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *