भगवती चौधरी गृह जिल्ला जाँदा जनतामा उल्लास, भन्छन्–‘भगवतीका लागि जे गर्नपनि तयार छौं’

 

साउन २७, दुहवी । प्रतिनिधिसभा निर्वाचनमा भोगेको सुनियोजित पराजयलाई विर्सदै सुनसरी क्षेत्र नं. ३ की नेतृ भगवती चौधरी अहिले गहृ जिल्लाबासी सँग सात्क्षात्कार गर्न गएकी छिन् । नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी चौधरी गएको साता आफ्नो गृहजिल्ला सुनसरी क्षेत्र नं. ३, दुहवी गइन् । 

केहि निर्धारित पार्टीको कार्यक्रम तथा केहि ब्यक्तिगत कामका जिल्ला पुगेकी चौधरी अहिले दिनभर स्थानीय नेता तथा कार्यकर्ता संघ घुलमिलमा ब्यस्त भएकी छिन् भने, चौधरीको आगमनमा बर्जु, अमडुवा लगायत ग्रामिण भेगका जनतामा समेत खुसीयाली छाएको छ । 

null

राजनीतिसँगै आर्थिक तथा सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय नेतृ चौधरीले सो समय पार्टीको स्थानीय तहमा हुने विभिन्न गतिविधि र कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाइरहेकी छिन् । भगवती चौधरी गृह जिल्ला आएसँगै सो क्षेत्रमा पार्टीको सांगठनिक कामहरु चलेका छन् । चौधरीकै प्रमुख आतिथ्यमा गएको शुक्रबार नेपाल कम्युनिस्ट पार्टी गढी गाउँ पालिका वार्ड नं. २ मा पार्टी कमिटीहरुको सफथ ग्रहण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा बोल्दै नेतृ चौधरीले स्थानीय तहको विकास र समृद्धिमा पार्टीले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै सबै कार्यकर्ता र स्थानीय नेताहरुलाई सक्रिय हुन आग्रह गरिन् । शनिबारै बर्जु वडा नं. ६ मा सपथ ग्रहण तथा पूर्ण वैठक सम्पन्न भयाे । त्यस कार्यक्रममा पनी नेतृ चाैधरी प्रमुख अतिथि भनेर पुगिन् । नेकपाका नेता तथा कार्यकर्तालाइ संवाेधन गरिन् । 

 

यस्तै गरी हिजो आइतबार अमडुवा बर्जु ३ मा दिनाभद्री मन्दीर उद्घाटन कार्यक्रममा समेत सक्रिय भएकी नेतृ चौधरीले सोहि दिन विभिन्न स्थानमा पार्टीको सपथ ग्रहण कार्यक्रममा पनि सहभागीता जनाइन् । 

नेतृ चौधरीको गाउँघर भ्रमणमा विशेष गरी महिला बालबालिका तथा युवाहरुमा छुट्टै जोश आउँछ । ‘यो क्षेत्रका महिलाहरु राजनीतिक रुपमा मात्र हैन आर्थिक रुपमा समेत बलियो बन्दै गएका छन् । भगवतीजीसँग हाम्रो सधैं साथ रहन्छ ।’ मन्दीर उद्घाटन समारोहमा सहभागी हुन आएकी ६२ वर्षिय एक बृद्धाले भनिन् । 

अझै दुई चार दीन गृह जिल्ला बस्ने योजना बनाएकी भगवती चौधरीले त्यस विच पार्टीको विभिन्न कृयाकलाप र संगठन निर्माणमा सहभागिता जनाउने छिन् । ‘गृहजिल्ला आएपछि यहाँका महिला दिदिबहिनीहरु तथा पार्टीका जिल्ला, क्षेत्र, नगर र गाउँतहका कार्यकर्तासँग भेटघाट त भइहाल्छ । यसै मेसोमा यहाँका समस्याहरु केलाउन र जनताका आवश्यक्ता बुझ्न गाउँघर डुल्छु ।’ नेतृ चौधरीले भनिन् । 

 

काठमाडौं आउँदा समेत नेतृ चौधरीलाई पार्टी र जनताकै कामले कहिल्लै छोड्दैन । विहानैदेखि घरमा चौधरीलाई भेट्नेहरुको लर्को लाग्छ । ‘जनताका काम गर्दा प्राइभेट भन्ने हुँदो रहेनछ । तर, मलाई यसरी जनताकै लागि काम गरेर दीन विताउँदा सहज लाग्छ । जनता माझ जाँदा उनीहरुका सुख दुखः बुझ्न पाइन्छ । उनीहरुका आवश्यक्तालाई सकेसम्म पुरा गर्न सहजीकरण गर्ने प्रयास गर्छु ।’ चौधरी भन्छिन् । 

महिलालाई आर्थिक रुपमा सवल बनाएर सामाजिक, आर्थिक तथा राजनीतिक रुपमा सक्रिय बनाउँदा समाज रुपमान्तरण र देश विकासमा टेवा पुग्ने भगवती चौधरीको ठहर छ । यहि भएर उनले फरवार्ड नेपाल नामक गैरसरकारी संस्था स्थापना गरी महिलाहरुलाई उद्यमशीलता तर्फ अग्रसर गराइन् । 

 

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था, फरवार्ड बचत तथा ऋण सहकारी, फरवार्ड नेपाल, फरवार्ड इन्टरप्राइजेज, दिनेश चौधरी स्मृति प्रतिष्ठान जस्ता आर्थिक तथा सामाजिक संस्था स्थापना गरेर समुदाय केन्द्रित कार्यक्रम चलाउँदै आएकी नेतृ चौधरीले सो क्षेत्रकी शशक्त तथा जुझारु महिला हुन् ।  

अहिले उनकै नेतृत्वमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था देशका ४० भन्दा बढि जिल्लाहरुमा १३० शाखा विस्तार गर्न सफल भएको छ । जहाँ अहिले करिब २ लाख ५० हजार बढि महिला संगठित भएका छन् । भने, मुलुकको वित्तिय संस्थाहरुमा फरवार्ड प्रतिष्ठित संस्थाका रुपमा उदाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *