भिएस निकेतन स्कूलमा सिटिजन्स बैंककाे एटिएम


साउन २९, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले काठमाडौंको मीनभवन स्थित भिएस निकेतन स्कूलमा एटिएम सेवा शुभारम्भ गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा भिएस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरे ।
null
यसले स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने बैंकको विश्वास छ ।
सिटिजन्स बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरि दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको पनि बैंकले जानकारी गराएको छ ।
सिटिजन्स बैंकले हाल आफ्नो ८१ वटा शाखा, ७८ वटा एटिएम र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिए । यस बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ भने ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
