सनराइज बैंकको एकै दिनमा २ शाखा, १ एक्सटेन्सन काउण्टर विस्तार


साउन २६, काठमाडौं । सनराइज बैंकले एकै दिनमा २ नयाँ शाखा र एक एक्सटेन्सन काउण्टर विस्तार गरेको छ ।
बैंकले तम्घासमा ११८ औँ शाखा, कुश्मामा ११९ औं शाखा र सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
null
आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख राम चन्द« जोशी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरे ।
सोही कार्याक्रममा पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा एटिएमको उद्घाटन गरे भने गुल्मी स्थित तम्घासमा रेशुङ्घा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
सोही दिन ललितपुर महानगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द« मिश्रले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए । उतm कार्यक्रमहरुमा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
हालसम्म सनराइज बैंकले ११९ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३७ वटा ए.टि.एम मार्फत् आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
