बिवाह गर्छु भन्दै १३ बर्षिय बालिका बलात्कार गर्ने पक्राउ

साउन ३१, भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा १३ बर्षिय बालिकालाई बिवाह गर्छु भन्दै बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा  भोजपुर गाउँपालिका वडा नम्बर ४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ । 

पिडित बालिकालाई पक्राउ परेका बिकले साउन २८ गते राति ‘विवाह गर्छु’ भन्दै जरायोटारस्थित जनश्रम प्राथामिक विद्यालयमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।   

Image result for बलात्कार गर्ने पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका बिकमाथी कारवार्हीको लागि अघी बढाई थप अनुसन्धान भई रहेको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *