आजको मौसमः चट्टयांगसहित वर्षा हुने, सतर्कता अपनाउन मौसम विज्ञान विभागको अनुरोध

भदौ १२, काठमाडौँ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको  छ र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रका  कारण पूर्व र मध्य भूभागमा मौसमी गतिबिधि बढेको छ। तलको नक्शामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ्र । हाल देशै भरि आंसिकदेखि सामान्य बदलिको स्थिति रहेको छ। 

देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन/चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान   

null

भाद्र १२ गते (विहिबार) 

दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

रातीः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ  । 

भाद्र १३ गते (शुक्रबार) 

दिउँसोः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।   

रातिः  देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ्र साथै मध्य र पश्चिमका  एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ । 

भाद्र १४ गते (शनिबार) 

दिउँसोः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।   

रातिः देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =