‘गलत समाचार लेखे पत्रकारले क्षतिपूर्ति तिनुपर्छ’

भदौ १ पर्वत । सूचना तथा सञ्चार प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गलत समाचार लेखेर ब्यक्तिको चरित्र हत्या भएको प्रमाणित भएमा पत्रकारले क्षतिपूर्ति तिर्नु पर्ने गरी कानुन आउन लागेको बताएका छन् ।   

पर्वतको कुश्मामा पत्रकारसँगको साक्षात्कारमा मन्त्री बाँस्कोटाले जवाफदेहिता सहितको पत्रकारितालाई स्थापित गर्न पनि गल्ती नगरेको ब्यक्तिलाई पत्रकरले अपराधी बनाएर अदालतले ठहर नगरे त्यसको दा क्षतिपूर्तिसमेत भराउन पर्ने गरि कानुन आउने उनको भनाई थियो ।   

मिडिया काउन्सिलबाट फैसला गर्नेभन्दा पनि अदालत पुग्ने वातावरण बनाएर कानुनमा संशोधन हुने पनि उनले बताए ।  उनले कारबाही गर्ने न्यायीक निकाय अदालतलाई तोकेर नयाँ कानून बन्न लागेको बताउँदै प्रेस काउन्सिल वा मिडिया काउन्सिलले पत्रकारलाई कारबाही गर्न नसक्ने बताए ।   

null

पत्रकार महासंघ र प्रेस सम्बद्ध धेरै संस्थाले उठाएका मागहरु सम्बोधन भएपनि पत्रकार महासंघ बिग मिडिया हाउसको पक्षमा लागेका कारण समस्या आएको उनको भनाई थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *