नेकपा धरानको सपथ ग्रहण भाद्र ३ मा हुने

 

साउन २९, धरान ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा सुनसरीको स्थानिय तह पार्टी एकीकरण कार्यदलले सिफारिस गरेको नाम हटाएर प्रदेशले आफु खुसी नगर सदस्य बनाए पछि विवाद भई रोकीएको धरान उपमहानगर कमिटीको सपथ ग्रहण आगामी भाद्र ३ गते हुने भएको छ । 

बुधबार नेकपा सुनसरीका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल (पप्पु) र धरानका साविक माओवादी केन्द्र तर्फका जिल्ला सदस्यहरुको बैठकले सपथ ग्रहणलाई अगाडी बढाउने निर्णय गरी भाद्र ३ गतेको मिती प्रस्ताव गरेको हो । 

null

बैठकमा जिल्ला अध्यक्षले प्रदेश सह ईन्चार्ज सावित्री कुमार काफ्ले समर र सचिव सुरेश कुमार राई (हिमाल किराती) संग भएको छलफलको बारे जानकारी गराए ।  

स्रोतका अनुसार प्रदेश सचिव हिमाल किरातीले धरान नगर सदस्यमा सिफारिस नाम हटाउने र नयाँ राख्ने बेलामा गल्ती कम्जोरी भएको स्विकार गरेको,धरान कै केही साथीहरुले आफुलाई फसाएको र अब त्यस्तो कमजाेरी नदोहोरीने प्रतिबद्धता व्याक्त गरेको जानकारी गराईको थियो । 

राईले भने प्रदेश सचिवले माफी मागे पछि सपथ ग्रहण अघी बढेको हो । बैठकमा प्रदेश सह-ईन्चार्ज , सचिव , जिल्लाका साविक माओवादी केन्द्र तर्फका कार्यदलका सदस्यहरु सहित छलफल हुनु पर्ने माग भएको छ । 

वडा पार्टी एकीकरण कार्यदल धरान नेता अईन्द्र बिक्रम बेघाले जिल्ला कार्यदल सुनसरीलाई प्रतिवेदन नबुझाई जिम्मेवारी पुरा नगरेको विषयमा समेत छलफल गर्नु पर्ने माग भएको छ । 

यस अगाडी धरान उपमहानगर सदस्यको नामावाली जिल्ला कार्यदलले सिफारिस गरेकोमा प्रदेशले आफु खुसी हटाई नगर सदस्य समेत नभएको व्याक्ती राखेको भन्दै असन्तुष्ट जिल्ला सदस्यहरुले सच्याउन असार २० गते जिल्ला र प्रदेशमा निवेदन दिएका थिए । 

यसै कारण धरानको सपथ रोकिएको थियो । जिल्ला सदस्यहरुले जिल्ला पार्टीको बैठकको समेत माग गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *