स्वतन्त्र युवाद्धारा शान्तीपुर्ण ¥याली

साउन ३२, भरतपुर । पत्रकार शालीकराम पुडासैनीका लागी न्यायको माग गर्दै स्वतन्त्र युवाहरुले शनिवार भरतपुरमा शान्तीपुर्ण ¥याली निकालेका छन् । निष्पक्ष छानविन गर्न देउ,दोषी कार्बाही गर लगायतका प्लेकार्ड सहित भरतपुर चौवीसकोठी परिक्रमा गरेका थिए । पत्रकार पुडासैनीका न्यायका लागी निष्पक्ष छानविन गर्न पाउनु पर्ने भन्दै आफुहरुले शान्तीपुर्ण ¥याली निकालेको सहभागी अनिल लामाले बताए ।
यता टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थकहरु उनको रिहाईको माग गर्दै बिरोध गरिरहेका छन । पत्रकार पुडासैनी साउन २० गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनले आत्महत्या गर्नु अघि फेला परेको भिडियोमा संचारकर्मीहरु लामिछाने र युवराज कडेंल तथा अस्मिता कार्कीको नाम जोडिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पछि शुक्रवार जिल्ला अदालत चितवनमा पेश गरि अदालतले थप अनुसन्धानका लागि भन्दै पाँच दिन हिरासतमा राख्न आदेश दिएको छ ।








