खोलाले बगाएर एककाे मृत्यु

 

साउन २७ , विराटनगर ।  उदयपुरको बेलका नगरपालिका–१ आम्बासीका ६६ बर्षीय राज कुमार तामाङको खोलाले बगाएर मृत्यु भएको छ । 

आईतवार दिउँसो पौने ४ बजे तामाङलाई स्थानीय काली खोलाले बगाएको भनी सूचना पाए पश्चात तत्काल खटिएको प्रहरी चौकी भागलपुरको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा काली खोलाको दोभानमा तामाङको शव फेला पारेको थियो । 

null

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट समेत प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *