सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

भदौ ९, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।   

नेपाल राष्ट्र बैंक तथा तेह्रौँ वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि बैंकको आज (सोमबार) बसेको सञ्चालक समितिको ३०८ औं बैठकले यस्तो निर्णय गरेको हो ।   

नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरि बैंकले आफ्ना सम्पूर्ण शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५–७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने एक अर्ब ४५ लाख २७ हजार ७ सय ७३ नगद लाभांश र ३ प्रतिशतले हुने २५ करोड ११ लाख ३१ हजार ९ सय ४३ बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।   

Image result for सिटिजन्स बैंक इन्टरनेशनल

सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७५–७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोहि अवधिभित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको बैंकका प्रमुख प्रशासकिय अधिकृत उमंग शर्माले जानकारी दिए ।   

  

  

                                             

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *