रारामार्ट अनलाईनबाट सपिङ्ग गर्दा परिवारको लागी ‘निःशुल्क स्वास्थ्य बीमा’

 

साउन २४, काठमाडौं । नेपाली युवाहरुको अगुवाईमा जापानबाट सुरुभएको रारामार्ट ब्राण्डले नेपालबाट समेत सेवा प्रारम्भ गरेको छ । करिब ६ महिना अघिदेखी नेपालमा रारामार्ट डटकम नामबाट सञ्चालनमा आएको रारामार्टले हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गरी सपिङ्ग गर्दा परिवारको निःशुल्क स्वास्थ्य उपचार दिने घोषणा गरेको छ । 

रारामार्ट नेपालका अध्यक्ष उद्योगपति प्रदिपजंग पाण्डेले प्रिमियर ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यका निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याईएको जानकारी दिए । रारामार्टबाट सपिङ्ग गर्दा ग्राहक र ग्राहकको परिवारका सदस्यहरुले निःशुल्क रुपमा बीमाको परिधीमा रही उपचार खर्च प्राप्त गर्नेछन् । कम्पनीका अध्यक्ष पाण्डेका अनुसार यस्तो कार्यक्रम नेपालमै पहिलो पटक सार्वजनिक भएको हो ।  

null

रारामार्टका ग्राहकले पाउने स्वास्थ्य बीमा सुबिधा न्यूनतम २५ हजार र अधिकतम १ लाख रुपैयाँ हुनेछ । रारामार्टमा रहेका करिब २५ हजार प्रडक्टहरु मध्ये जुनसुकै प्रडक्टहरु खरिद गर्दापनि यो सुबिधा प्राप्त गर्न सकिने छ । उनले बीमा दाबी र भुक्तानी सम्बन्धी प्राबधानहरु नेपालको बीमा सम्बन्धी ऐन तथा बीमा समिती नेपालको निर्देशिकाहरुमा गरिएको प्रचलित व्यवस्था अनुरुप प्रिमियर ईन्स्योरेन्स कम्पनी लि.बाट प्राप्त गर्न सकिने बताए । 

रारामार्ट ईकमर्श प्लाटफर्म हो जसमा करिब २५ हजार प्रडक्टहरु सुचिकृत रहेका छन् । ग्राहकहरुले आफुले चाहेको सामानहरु ईन्टरनेटको माध्यमबाट खरिद गर्न सक्छन भने बिक्रेताहरुले पनि आफ्ना बस्तुहरु रारामार्टको प्लाटफार्ममा दर्ता गरी बिक्री बितरण गर्न सक्छन । 

 

अध्यक्ष पाण्डेका अनुसार रारामार्टले पहिलो पटक काठमाडौंमा निःशुल्क तथा २४ घण्टे डेलिभरी सुबिधा सुरु गरिएको बताए । रारामार्टमा रहेका प्रडक्टहरुको गुणस्तर र मुल्यबारे अध्यक्ष पाण्डेले भने, ‘हामी बस्तुहरुको गुणस्तरियताको बिषयमा निकै संबेदनशिल छौं र कुनैपनि ग्राहकले हाम्रा अनलाईन बिक्रेताहरुबाट गुणस्तरहिन बस्तु पाउने छैनन् ।’ उनले भने–‘ यदी त्यस्ता सामानहरु कथंकदाचित बिक्री भईहालेमा त्यसलाई बिनासर्त फिता गरिने छ ।’ पाण्डेका अनुसार ग्राहकहरुको गुणस्तरियताको सुरक्षाको प्रत्याभुतिका लागी ग्राहकले सामान बुझेको १ हप्ता पछिमात्र सामानको मुल्य बिक्रेतालाई भुक्तानी गर्ने सिष्टमको बिकाश गरिएको छ । 

रारामार्टमा रहेका प्रडक्टहरुको मुल्य सर्वसुलभ रहेको छ । मुनाफा मार्जिन घटाएर बिक्रीको संख्या बढाउने रणनीति रारामार्टको रहेको छ । रारामार्टमा हाल करिब १ हजार भन्दा बढि बिक्रेताको करिब २० हजारभन्दा बढी सामानहरु रहेको छ । 

कार्यक्रममा रारामार्ट जापानका कार्यकारी निर्देशक प्रकाशचन्द्र सापकोटाले रारामार्ट नेपाल यतिबेला आक्रामक कार्यक्रमहरु बनाएर अघि बढिरहेको र नेपालको उत्साहप्रद व्यसायीक बिस्तारले आफुहरुलाई हौसाईरहेको बताए । उनले रारा ग्रुपले अमेरिकामा कम्पनी दर्ता गरिसकेको र सन् २०२० मा अमेरिकाबाट पनि कार्य प्रारम्भ गर्नेछ । कार्यक्रममा रारामार्ट जापान तथा अमेरिकाका प्रतिनिधीको पनि उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *