२ केजी ७०० ग्राम गाँजा सहित एक पक्राउ

 भदौ १, विराटनगर । झापामा प्रतिवन्धित लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका  छन्। 

 आइतबार झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखाका ५४ बर्षीय तिर्थराज दाहाल २ केजी ७०० ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका हुन्।   

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले दाहाललाई उनकै घरबाट पक्राउ गरेको हो। गाँजा सहित पक्राउ परेका दाहाललाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विरााटनगरले जनाएकोे छ।   

Image result for पक्राउ

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *