धरानमा कार दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते

भाद्र २, धरान । आईतबार साँझ धरानमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । 

मृत्यु हुनेमा धरान–१५ का वर्ष ९१ का गोरखबहादुर लिम्बू रहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।   

आइतबार साढे ४ बजे  भेडेटारबाट धरान आउँदै गरेको  बा२०च ६६५० नं. को कार दुर्घटना हुँदा  गोरखबहादुर ,प्रमिशा, वीरहाङ, घाइते भएका थिए ।   

Image result for कार दुर्घटना

फाेटाे फाइल

कार दुर्घटनामा परी गम्भिर घाइते भएका गोरखबहादुरको उपचारको क्रममा  धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । 

प्रहरीका अनुसार परिवार नै भेडेटार घुमेर धरान फर्कन्दै गर्दा धरान–४ को टर्निङमा कार अनियन्त्रित भई  सडकबाट २० मिटर तल पल्टी दुर्घटना भएको हो ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *