कांग्रेसलाई एक ढिक्का बनाएर छाड्ने डा. शेखर कोइरालाको दावि

भाद्र ३, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुट र उपगुटमा बिभाजित भएको पार्टीलाई एक ढिक्का बनाएरै छाड्ने बताएका छन् । बैचारिक गुट हुनुपर्नेमा गिरोह हावी भएकाले राम्रा र योग्य ब्यक्तिलाई पार्टीमा उचित स्थान दिन नसकिएको कोइरालाले स्विकार गरेका छन् ।   

आफुलाई पदको कुनै लोभ नभएको बताउँदै डा. कोइरालाले कांग्रेसलाई एक ढिक्का बनाएर पुरानै अवस्थामा फर्काउन अब कुनै कसर बाँकी नराख्ने समेत बताए ।   

‘गाउँ र दुर–दराजमा पुगेर मैले पार्टी र लोकतन्त्रका लागी जिवन भर लडाई लडेका साथीहरुको अवस्था देखेको छु । यो तरिकाले पार्टी चल्न सक्दैन भन्ने निष्कर्षमा पुगेको छु ।’ डा. कोइरालाले भने–‘अब पनी हामी जिम्मेवार नभए कहिले हुने ?’ डा. शेखरको प्रश्न थियो । 

‘कुनैवेला बिपी, सुवर्णशमसेर, गणेशमान र किशुनजीका बिचमा चरम बैचारिक मत भिन्नता थियो । उहाँहरु आ–आफ्नो बिचारमा अडिग हुनुहुन्थ्यो तर कहिल्यै ति मत भिन्नता कार्यकर्ता सामु आएन’ डा. कोइरालाले भने–‘अहिले हामी नेताहरुकै कारण पार्टी मात्रै होईन कार्यकर्ताको मानसिकता पनी बिभाजित छ ।’ 

नेपाली कांग्रेस, तरुण बिभाग मोरङले बिराटनगरमा आयोजना गरेको ‘तरुण युवा सँग कांग्रेस’ बिषयक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता डा. कोइरालाले सरकारकै कारण संघियता गुम्ने खत्तरा बढेको समेत बताए । 

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य डिला संग्रौला, मोरङ् कांग्रेसका सभापती डिगबहादुर लिम्बु, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, प्रदेस सभा सदस्य केदार कार्की लगायतले आ–आफ्नो मन्तब्य राखेका थिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *