निर्माणाधीन घरको छतबाट खसेर एकको मृत्यु एक घाइते

भाद्र ९, जनकपुरधाम ।  धनुषामा काम गर्ने क्रममा निर्माणाधीन घरको छतबाट खसेर एक को मृत्यु भएको छ भने एक  घाइते भएका छन् । 

धनुषा प्रहरीका अनुसार सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका १३ स्थित पीडारीमा रामसोगारथ साहको निर्माणाधिन घरको छतबाट खसेर एक मजदुरको मृत्यु भएको हो भने अर्को मजदुर घाइते भएका हुन् ।   

निर्माणाधिन घरमा कामगर्ने क्रममा सप्तरीको सम्भुनाथ नगरपालिका ६ बगरहटका ४० वर्षीय मजदुर नन्दु मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

Image result for मृत्यु

धनुषा प्रहरीका अनुसार छतबाट खसेर घाइते भएका  ३० वर्षीय हरिकातन्त मण्डलको  जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *