स्याउको चिया पिएर साैन्दर्यकाे साथै शरिर पनि फिट राख्नुस् (बनाउने तरिका सहित)

 

साउन २३ ।  तपाईहरुले कहिल्यै स्याउको चियाका बारेमा सुन्नु भएको छ ? स्याउबाट बनाएको चियाले तौल घटाउने मात्रै नभई मुहार चम्किलो र सन्दर बनाउँछ । 

यदि तपाईहरु पनि फिट रहन चाहानु हुन्छ र ग्रीन टी पिउदा पिउदा दिक्क हुनुभएको छ भने आजैदेखि स्याउको चिया पिउन शुरु गर्नुहोस् जसबाट शारिरीक फिट्नेस त हुन्छ नै तपाईहरुलाई नयाँ किसिमको टेस्ट पनि हुन्छ । 

null

स्याउको चिया बनाउने तरिका 

स्याउको चिया बनाउनको लागी एउटा स्याउ, तीन कप पानी , एक चम्चा कागतीको रस, चियापत्ति र चीनीको आवश्यकता पर्दछ । कुनै एउटा भाडामा पानी,कागतीको रस र चियापत्ति राख्नुहोस् । यसलाई केही समय उमाल्नुहोस् । अब काटेको स्याउलाई उमालि रहेको मिश्रणमा राख्नुहोस् र पाचँ मिनेट सम्म उमाल्न दिनुहोस् । त्यसपछि यसमा चिनी राख्नुहोस् । यसरि स्याउको चिया तयार गर्न सकिन्छ । 

स्याउको चिया पिउनुका फाइदाहरु 

1. स्याउको चिया पिउनाले पूर्ण रुपमा भिटामिन प्राप्त हुनुका साथसाथै तौल घटाउछ । 

2. स्याउको चिया पिउनाले पाचन प्रत्रियाको माध्यमबाट विषाक्त पदार्थहरुलाई बाहिर निकाल्नको लागी मदत गर्दछ र शरिरका कोषिकाहरुको आक्सीडेटिव स्टेसबाट बचाउन मदत गर्दछ । 

3. स्याउमा प्राप्त हुने विभिन्न प्रोटिनहरुले पाचन शक्तिलाई बढाउछ र शारिरको तौल घटाउन सहयोग पुग्दछ । 

4. स्याउको चिया पिउनाले मानिसको शरिरमा भएको ब्लड सुगरको कन्ट्रोल गर्न मदत गर्दछ । 

5. स्याउको चिया पिउनाले कपाल लामो हुन्छ र कपालको रङ गाढा बनाउछ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =