प्रतिबन्धित लागूऔषध सहित दुई बीरगञ्जबाट पक्राउ

भाद्र १२, वीरगञ्ज । वीरगञ्जमा प्रतिबन्धित लागू औषध सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । 

पर्सा प्रहरीले भारतको रक्सौलबाट पैदल आउँदै गरेको   बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्ला मौजे गाँउका ३५ वर्षे धर्मेन्द्र साह कानु र २१ वर्षे पिन्टु पासवानलाई पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले लागुऔषध ईन्जेक्सन नुर्फिन ४ सय थान, डाईजोल्याव ४ सय थान, फेनारगन ४ सय थान फेला पारेको छ । 

Image result for पक्राउ

उनीहरुलाई  वीरगञ्ज–१६ रजत जयन्ती चोकबाट लागूऔषधसहित लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

हाल उनीहरुलाई कारवाहीको लागि अघी बढाई थप अनुसन्धान भईरहेको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *