नक्कली परीक्षार्थी पक्राउ

 

साउन २६, बीरगञ्ज । प्रहरीले शनिबार विहान वीरगञ्ज महानगरपालिका वडा १५ स्थित नेशनल मेडिकल कलेजबाट  दुई नक्कली परीक्षार्थीलाई पक्राउ  गरेको छ । 

जिल्ला प्रहरी कार्यालय  वीरगञ्जका अनुसार पक्राउ परेका उनीहरुले वीरगञ्जमा जारी सिटिइभिटीको सीएमए विषयको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । 

null

पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर १ जेठहरिया बस्ने २२ वर्षीय जोगेन्द्रनारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका वडा नं ६ धरमपुरका कौशलप्रसाद साह रहेको प्रहरीले जनाएको छ । 

जोगेन्द्रनारायण यादवले रौतहट गढीमाई गाउँपालिका ६ धरमपुरका २२ वर्षीय छोटेलाल यादवको नाममा परीक्षा दिइरहेको र कौशलप्रसाद साहले रौतहट जिल्लाका रमाकान्त साहको नाममा परीक्षा दिदै गरेकाे अवस्थामा उनीहरूलाइ नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।  

पक्राउ परेका उनीहरुमाथी नक्कली परिक्षार्थी उपर शिक्षा ऐन अन्तरगतको मुद्धा चलाइने प्रहरीले जानकारी दिएको छ । 

कानुुन व्यवशायी सुुरेश तिवारीका अनुसार यदी उनीहरु शिक्षा ऐन अन्तर्गतको मुद्धामा कसुर ठहर भएमा ६ महिना कैद र एकलाख रुपैयाँ सम्म जरिवाना अथवा घटनाको प्रकृती हेरेर दुुबै सजाय हुन सक्ने कानुुनी ब्यवस्था रहेको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *