सुनको मूल्य ह्वातै बढ्यो, चाँदीको मूल्य नि बढ्यो

 

साउन २०, काठमाडौँ । सोमबार सुनको भाउ आकाशिएको छ । आज सुनको भाउमा एक्कासी तोलामा १५ सयले बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

एक्कासी यती धेरै मूल्य बृद्धी भएसँगै आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

null

यो अहिले सम्मको उच्च मूल्य बृद्धी भएको महासंघले जनाएको छ । आज बृद्धी भएको सुनको मूल्य ईतिहासकै उच्च मूल्य रहेको छ । महासंघका अनुसार चाँदीको भाउमा पनि तोलामा आज २० रुपैँयाले बृद्धी भएको छ । 

आईतबार प्रतितोला ६६ हजार तीन सय रुपैयाँमा बिक्री बितरण भएको छापावाला सुन आज प्रतितोला ६७ हजार ८ सय रुपैँयामा कारोबार भईरहेको महासंघले जनाएको छ । 

त्यसैगरी तेजाबी सुन प्रतितोला ६७ हजार ५ सयमा बिक्री बितरण भईरहको महासंघले जनाएको छ । आईतबार तेजाबी सुन प्रतितोला ६६ हजारमा बिक्री बितरण भएको थियो । 

सोमबार चाँदीको मूल्यमा पनि २० रुपैँया बृद्धी भई प्रतितोला ७ सय ९५ मा कारोबार भईरहेको महासंघले जनाएको छ । 

सुनको मूल्य बढेसँगै सुन किन्ने भन्दा पुरानो सुन बेच्ने ग्राहकको भिड् बढेको व्यवसायीहरु बताउँछन् । 

अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *