अतिथिलाई पिपलको पातको ब्याच र रुद्राक्षको माला, खाजामा सेलरोटी

 

साउन १९, विराटनगर । विगतको परम्परा तोड्दै प्रमुख अतिथि तथा अतिथिहरुको मान सम्मानमा शनिबार विराटनगरमा पिपलको पतको ब्याच, रुद्राक्षको माला र खाजाका रुपमा सेलरोटी वितरण गरिएको छ । 

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ मोरङको अधिवेशन उद्घाटनका अवसरमा आयोजकले उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुलाई पिपलको पातबाट बनाइएको ब्याच र रुद्राक्षको माला लगाइदिएको हो । 

null

दैनिक जसो कार्यक्रमहरुमा ठुलो धनराशी खर्च गरेर ब्याच वितरण गर्ने गरिएको भएपनि सो परम्परा तोड्दै विराटनगरमा कार्यक्रम आयोजकले पहिलो पल्ट अतिथिहरुलाई पिपलको पातबाट बनाइएको ब्याच र रुद्राक्षको माला लगाइदिएपछि त्यसले सबैको ध्यान खिच्यो । 

कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे पिपलको पातबाट बनाइएको ब्याच र रुद्राक्षको माला लगाएपछी दंग परे । 

त्यति मात्र होइन सो कार्यक्रममा आयोजकले प्याकेटमा रेडिमेड खाजा वितरण गर्ने परम्परा समेत तोड्दै सहभागीहरुलाई नेपाली समाजमा प्रिय सेलरोटी खाजाका रुपमा वितरण गरेको थियो । कार्यक्रमका सभापति तथा अधिवेशन संयोजक गोपाल काफ्लेले भने, ‘हाम्रा प्राकृतिक वस्तुहरुको प्रयोग गरेर पनि कार्यक्रम गर्न सकिन्छ भन्ने उदाहरण दिन हामीले यस्तो गरेका हौँ ।’ 

 

सो अधिवेशनको उद्घाटन मन्त्री घिमिरेले गरे । सो अवसरमा बोल्दै मन्त्री घिमिरेले प्रदेश १ सरकारले प्रदेशमा ३ वटा आयुर्वेद केन्द्र र प्रदेशमा भएका सबै जडीबुटीको सुचीकरण गर्दे वैद्यखाना संचालन गर्ने तयारी गरेको जानकारी दिए । 

आयुर्वेद चिकित्सा पद्धति संकटमा परेको बताउँदै मन्त्री घिमिरेले प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य जीवन अभियान सञ्चालन गर्ने अभियानमा जुटेको समेत बताए । उनले जिल्ला आयुर्वेद अस्पतालका लागि प्रदेश सरकारले आवश्यक नीति नियम बनाएर अगाडि बढेको स्पष्ट पारे । 

कार्यक्रममा नेपाल आयुर्वेद औषधि व्यवसायी संघ मोरङका संयोजक गोपाल काफ्लेले आयुर्वेद चिकित्सा पद्धति छायाँमा परेको गुनासो गरे । उनले यसका लागि सरकारी निकायलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह समेत गरे । 

कार्यक्रममा आयुर्वेद क्षेत्रमा लामो समयसम्म योगदान पु¥याउने डा. वेदानन्द मिश्र, राम गोपाल अग्रवाल र नरवहादुर राईलाई सम्मान गरिएको थियो । 

अधिवेशनबाट गोविन्दबहादुर खड्काको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन भएको छ । समितिको उपाध्यक्षमा नेत्रप्रसाद भण्डारी, सचिवमा फडिन्द्र पोखरेल, कोषाध्यक्ष, देवनारायण साह, सदस्यहरुमा चन्द्रमणी तिम्सिना, बिमल राजवंशी, सम्झना पोखरेल, सरिता गौतम र श्याम यादव निर्वाचीत भएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *