मेलम्चीको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई

भदौ ४, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । 

कार्यकारी निर्देशक कँडेलले भने, ‘आशय सूचना सकियो भोलि हामी बैठक बस्छौँ र ठेक्का एसेप्ट गरेको पत्र दिन्छौँ, चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिइने पक्कापक्की जस्तै भएको छ । 

उनका अनुसार समितिले अनुमान गरेभन्दा करिब १५ प्रतिशत अर्थात ४५ प्रतिशत देखि ५० करोड रुपैयाँ कममा सिनो डाइड्रोले बोलपत्र पेस गरेको थियो । 

null

समितिका अनुसार सुरुङ फिनिसिङका लागि ७५ करोड रुपियाँ र हेडबक्स निर्माणका लािग ९० करोड रुपियाँको सम्झौता हुनेछ । सुरुङ सम्पन्न गर्न १२ महिनाको अवधि हुनेछ । हेडबक्स फिनिसिङका लागि १५ महिना तोकिएको छ तर पानी डाइभर्सन गर्ने काम भने १० महिनामा सम्पन्न गर्ने सम्झौता हुनेछ ।  यो समाचा आजको गोरखापत्र दैनिकमा छापिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *