सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

 

साउन २१, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रदेश नं. १ धरान, वडा नंÞ. १४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ । 

उक्त आर्थिक सहयोगले सिंह देवी मन्दिर देखि दुई धारे पथ हुँदै विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्नुका साथै बुढासुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्ने बैंकको विश्वास छ । 

null

बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा १ लाख ११ हजार रकमको चेक बैंकको तर्फबाट धरान शाखाका शाखा प्रबन्धक विपल्व राज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्त्तरण गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =