लागूऔषध सहित नेपाली सेनाका मेजर पक्राउ

साउन २५, काठमाडौं । लागूऔषध सहित नेपाली सेनाका मेजर पक्राउ परेका छन् । इटहरी स्थित पूर्वी पृतना छेउबाट मेजर अजितप्रताप सिंहलाई पक्राउ गरिएको हो । उनीसँगै अन्य दुई जना पक्राउ परेका छन् । 

लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले उनलाई शनिबार पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ । 

इटहरीका डीएसपी समिरचन्द्र खरेलले सिंहलाई पक्राउ गरिएको पुष्टि गरे । उनी सैनिक हुन की होइनन् यकिन गर्न बाँकी रहेको प्रहरीको भनाई छ । पूर्वी पृतना सैनिक स्रोतका अनुसार मेजर सिंह साँझ ६ बजे पृतनाबाट बाहिर निस्किएका थिए । त्यसपछि सैनिकको टोली नेपाल प्रहरीसँग समन्वय गर्ने तयारी गरेको छ । प्रहरीले अनुसन्धान जारी राखिएको जनाएको छ । 

null

सैनिक अधिकृतले गरेको कसूरको अनुसन्धानका लागि नेपाली सेनाको सैनिक प्रहरी गणलाई बुझाउने गरिन्छ । तथापि, गम्भिर प्रकृतिका मुद्दामा प्रहरी आफैंले मुद्दा चलाउन सक्ने व्यवस्था छ । लागूऔषध सम्बन्धी कसूर भएकाले सेनानी सिंहविरुद्ध प्रहरी आफैंले म्याद थप गर्न सक्नेछ । 

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार भोली आइतबार म्याद थप गरेर विस्तृत अनुसन्धान सुरु हुनेछ । सैनिक ऐन, २०६३ को दफा ७८ मा उल्लेखित ‘प्रोभोष्ट मार्सल’को व्यवस्थाले सैनिक प्रहरीलाई अधिकृतमाथि अनुसन्धान गर्ने अधिकार दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *