कारागारमा कैदी बन्दी किन मारिन्छन् ?

 

साउन २२, काठमाडाैँ । उपत्यकाका तीन वटा कारागारमध्ये ललितपुरको नख्खु कारागारभित्रका कैदीबन्दी असुरक्षित हुँदै गएका छन् । 

गत शुक्रबार कारागारमा दुईजना कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएपछि झनै असुरक्षित देखिएको छ । कारागार कैदीबन्दीको जेलभित्र हत्या भएपछि सुरक्षा चुनौती बढेको महशुस गर्दै कैदीबन्दी त्रसित बनेका हुन् ।  

null

कैदीबन्दीमा त्रास सिर्जना हुनुको साथै कैदीबन्दी परिवार समेत चिन्तित बनेका छन् । शुक्रबार कर्तव्य ज्यान मुद्दामा जेल जीवन भुक्तान गरिरहेका पवनकुमार महतोले भुइँमा बिच्छ्याइएको ब्लकले जबर्जस्ती करणी मुद्दामा जेल जीवन भुक्तान गरिरहेका पूर्णबहादुर राजीलाई प्रहार गर्दा राजीको मृत्यु भयो । 

यसअघि पनि नख्खु कारागारभित्र कैदीले नै अन्य दुई जना कैदीको हत्या गरेका थिए । गत वैशाखमा बर्दियाका भक्तबहादुर सुनुवारको जेलभित्रै हत्या भएको थियो । कैदी अभिषेक सिंहले सुनुवारको हत्या गरेका थिए । सिरियल किलर सिंहको योजनामा अर्का कैदी मनोज चौरसियासमेतले विषादीयुक्त क्यामिकल खुवाएर उनको हत्या गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको थियो । त्यस्तै, केही वर्षअघि लागूऔषध कारोबारमा पक्राउ परेका तीन जापानी नागरिकमध्ये एक जनाको उनकै साथीले हत्या गरेका थिए । नख्खु कारागारमा कैदीबन्दीले नै हत्या गरेका पूर्णबहादुर राजी तेस्रो व्यक्ति हुन् ।  

मनोसामाजिक अस्पताल पनि भएकाले नख्खुमा देशभरका मानसिक रोगी कैदीबन्दीलाई राखिन्छ । कारागार प्रशासनका अनुसार अहिले नख्खुमा ४ सय बढी मानसिक रोगी कैदीबन्दी छन् । हत्या प्रकरणपछि उनीहरुलाई सुरक्षा चुनौती हुनसक्ने भएकाले अहिले शुक्रबारको घटनाका दोषि महतोलाई छुट्टै कोठामा राखिएको छ । नख्खु कारागारका जेलर वेदप्रकाश अर्यालले, ‘अन्य कैदीबन्दीबाट टाढा हुने गरी छुट्टै कोठामा राखेका छौं ।’ 

कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार देशभरका ७२ जिल्लामा रहेका ७४ वटा कारागारमा हाल २३ हजार ३ सय कैदी छन् । यो संख्या कारागारको क्षमताभन्दा बढी रहेको कारागार व्यवस्थापन विभागका सूचना निर्देशक बासुदेव घिमिरेले स्वीकार गर्छन् । देशभरका कारागारमा कैदी राख्ने क्षमता १५ हजारदेखि १६ हजारको हाराहारीमा रहेको छ । 

 कारागाराभित्रै सुरक्षामा चुनौतीभिआईपीको रोजाइमा डिल्लीबजार कारागार कैदीबन्दीको जेलभित्र हत्या हुनुलाई सुरक्षा चुनौती बढेको सुरक्षा विज्ञको भनाइ छ । राज्यको नियन्त्रणमा रहेका तथा सुरक्षा घेराभित्र राखिएका मान्छे मारिनुलाई राज्यको कमजोरी मान्नुपर्ने सुरक्षा विश्लेषकहरु बताउछन् । पूर्वप्रहरी नायब महानिरीक्षक डीआईजी हेमन्त मल्ल भन्छन्, ‘एकातिर कारागारको क्षमताभन्दा बढी कैदी राख्ने र अर्का्तिर उनीहरूको व्यवहार कस्तो छ ? अन्य कैदीलाई खतरा हुन्छ कि हुँदैन भन्ने सामान्य जानकारी नराख्नु कारागारको कमजोरी हो,’ मल्लले भने । 

डिल्लीबजार कारागार केही सुरक्षितउपत्यकामा डिल्लीबजार कारागार बढी सुरक्षित मानिन्छ । अधिकांश भीआईपी कैदीको रोजाइमा पर्ने गरेको छ । हाल डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरी, सशस्त्र प्रहरी बलका डीआईजी रञ्जन कोइराला र कैलालीबाट संघीय संसदमा विजयी भएका रेशमलाल चौधरी छन् । यसअघि दुई प्रहरी प्रमुख र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई पनि डिल्लीबजार कारागारमै राखिएको थियो । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *