अमेरिको भिषा पाएर मख्ख भएका सन्दिपद्वारा कृतज्ञता व्यक्त

 

साउन २८, काठमाडौँ । अमेरिकाको भिषा स्वीकृत भएपछी निकै हर्षित भएका युवा क्रिकेटर सन्दीप लामिछानेले सहयोग गर्ने सबैलाई कृतज्ञता व्यक्त गरेका छन् । 

उनले सामाजिक संजाल ट्विटर मार्फत उनलाई भिषा दिलाउन सहयोग गर्ने अमेरिकी दूतावाससहित सबैलाई धन्यवाद दिदैं कृतज्ञता व्यक्त गरेको हो । 

null

 

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न लागि अमेरिकाको भिषा अप्लाई  गरेका लामिछानेको भिषा अमेरिकी दूतावासले मंगलबार बिहान अस्वीकृत गरेको थियो । 

अमेरिकाको भिषा अस्वीकृत भएपछी निकै तनावमा भएका सन्दिपले आफुले सन् २०१६ देखि नेपालको प्रतिनिधित्व गरेर विश्वभर क्रिकेट खेलिरहेको भन्दै अमेरिकाले भिषा नदिएको प्रति आश्चर्य लागेको बताउँदै नेपालका प्रधानमन्त्री र अमेरिकी दूतावासलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । 

उनले ट्वीट गरेको तीन घन्टापछि काठमाडौंस्थित अमेरिकी दूतावासले फेरि  उनलाई बोलाएर भिसा दिएको हो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *