प्रधानमन्त्रीको काम अब पोखरेलले सम्हाल्ने

भाद्र ५, काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्री ताकेकी छिन् । 

बिहिबार स्वास्थ्य उपचारको लागि सिंगापुर गएका प्रधानमन्त्री ओली नफर्के सम्म  प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री पोखरेल सम्हाल्ने छन् ।   

राष्ट्रपति कार्यालयले आज जारी गरिएको विज्ञप्तीमा प्रधानमन्त्रीको अनुपस्थितिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी जिम्‍मेवारी दिइएको उल्लेख गरिएको छ ।   

Image result for ईश्‍वर पोखरेल

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *