धेरै गुलियाे खानुहुन्छ ? सावधान पर्न सक्छ हैँ दिमागमा यस्ताे असर

 

साउन २२ ।  धेरै गुलियो खाएपश्चात तपाईंले अल्छी लागेको अनुभव महसुस गर्नुभएको छ ? हालै गरिएको एक अध्ययनका अनुसार, धेर गुलियो खाँदा हाम्रो शरीरमा चिनीको मात्रा धेरै देखिन थाल्छ जसले गर्दा हाम्रो दिमागको कार्यक्षमता सुस्त आउँछ। 

यस अध्ययनमा संलग्न मानिसहरुले चिनी सेवन गरेपश्चात आफूहरूको ध्यान तथा प्रतिक्रिया समय घटेको अनुभव गरेका छन् । प्राकृतिक चिनी वा कृत्रिम चिनी सेवन गर्ने व्यक्तिको तुलनामा साँच्चिकै चिनी खाने मानिसले सुस्तता महसुस गरेका छन् । 

null

न्युजील्यान्डको ओटागो विश्वविद्यालयका प्रोफेसर मेई पेङ भन्छन्, ‘हाम्रो अध्ययनले ग्लुकोजसँग सम्बन्ध भएको सुगर कोमा वास्तवमा हुने देखाएको छ । यस अवस्थामा चिनीको मात्रा अधिक हुने ग्लुकोज सेवनपश्चात् व्यक्तिको सतर्कता घट्न थाल्छ । विशेषगरी चिनी सेवनपश्चात् हाम्रो मस्तिष्कमा कस्तो परिवर्तन आउँछ भनी हाम्रो अध्ययनको जोड थियो ।’ 

चिनीको अत्याधिक सेवनले मस्तिष्कमा खराब असर पार्ने र दिमाग सुस्त हुने देखाएको छ । धेर गुलियो खाँदा दिमागमा सुस्तता हुन्छ। एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =