बानेश्वरमा सनराइज बैंकको १२१ औं शाखा

भदौ ९, काठमाडौं । सनराइज बैंकले काठमाडौंको बानेश्वरमा १२१ औँ शाखा सञ्चालनमा ल्याएको छ ।   

सोमबार आयोजित औपचारिक कार्यक्रमा बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु  ई. बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरे ।   

सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० का अध्यक्ष राम कुमार केसी र शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा एटिएमको उद्घाटन गरेका थिए । उतm कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालका साथै अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।   

हालसम्म सनराइज बैंकले १२१ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४१ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *