विवादको घेरामा तानेको भन्दै सभापति जितेन्द्र रुम्दालीकाे आपत्ति

 

साउन २९, धरान ।  सडक भत्काएको भनी अनाहकमा आफुलाई विवादको घेरामा तानेको भन्दै होटल एशोसिएसन भेडेटारका अध्यक्ष तथा नेपाली काँग्रेसका धनकुटाका क्षेत्रीय सभापति जितेन्द्र रुम्दालीले आफनो कुनैपनि संलग्नता नरहेको बताएका छन्। 

मंगलबार भेडेटारमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष रुम्दालीले साँगुरीगढी गाउँपालिकाका बालकृष्ण राईले सम्पूर्ण गाउँलेलाई प्रभावमा पारि किर्ते सही गराई आफुलाई बदनाम गराउने प्रयास गरिएको बताए। 

null

उनले पत्रकार सम्मेलनमा प्रदेश सरकारबाट जनजाती पार्कका लागी आएको १ करोड ३५ लाखे मध्ये केही बजेटले थुम्कीबाट सुर्योदय बुद्धविहार सम्म जाने कच्चीबाटो स्तरोन्नतीका लागी गरिएकोमा बालकृष्णले आफ्नो संस्था र पार्टीलाई मुछेको समेत आरोप लगाए। 

पत्रकार सम्मेलनमा प्रमोद राईले सूयोर्दय बुद्ध विहार जाने सडकमा आफुले किनेको १ रोपनी जग्गा भएर जाने सडक दुवैतर्फगरी सात मिटर बढाउने निर्णय भएपनि आफ्नै संधियार बालकृष्ण राईले आफुलाई सोध्दै नसोधी एकतर्फी रुपमा आफ्नै जग्गाबाट मात्र सात मिटर काटेर बाटो बढाईएपछि आफुले साढे ३ मिटर जग्गामा बनेको बाटो डोजर लगाई भत्काएको बताए । 

उनले आफ्नो निजी जग्गा बाटोको लागी कति दिने भन्ने अधिकार भएपनि समाज अनुरुप दुवैतर्फबाट बराबरी जग्गा दिने भएपनि आफनो मात्रै जग्गा काटिएको बताए। उता जग्गा काटिएका भनीएका जग्गाधनी प्रमोद राईले १९ गते नै गाउँपालिकामा न्यायको लागी निवेदन दर्ता गराउन गएपनि उप–प्रमुख विन्दा राईले प्रमुखको अनुपस्थितीमा आफुले निवेदन दर्ता गराउन नसक्ने भनि जवाफ दिएको बताए। 

 

भोलीपल्ट गाउँपालिका प्रमुख कुमारजंग याक्खाको उपस्थिीतिमा निवेदन दिएपछि न्यायपालिका प्रमुख विन्दा राईले नै निवेदन लिने जनाएपछि उप–प्रमुख राईले छलफल गराउने आश्वासन दिएपनि बालकृष्ण राई फरार रहेकाले छलफल हुन नसकेको राईले बताए। 

फरार रहेका बालकृष्ण साँगुरीगढी गाउँपालिकाका, न्यापालिका सदस्य, कार्यपालिका, अनुगमन, पर्यटन समिती लगायत ७ वटा जिम्मेवार पदका सदस्यमा रहेका छन्। यसैगरी गाउँपालिकाले छलफलका लागी फरार रहेका बालकृष्ण राईलाई झिकाएर छलफल गराउने भनेपनि आलटाल गर्दै आएकाले पीडितहरुको समुहले २४ गते शुक्रबार गाउँपालिका अध्यक्ष उपाध्यक्षको कोठामा ताला लगाईदिएको थियो। सो ताला गाउँपालिकाले प्रशासनको रहोवरमा आईतवार फुटाईएको थियो। 

प्रमोद राईले बाटो भत्काएकाले उनलाई कार्वाही गर्नुपर्छ भनी बालकृष्णले गाउँका सम्पूर्ण जनतालाई खाली कागजमा सहि गर्न लगाई अन्तिम निर्णयमा एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली राईलाई दोषी बनाईएकोमा आफु आश्चर्यमा परेको नाम्जेका होटल व्यवसायी सुुदर्शंन खड्काले बताए। 

यही साउन २२ गते साँगसुरीगढी गाउँपालिका वडा नं. ६ को थुम्की नाम्जे टोलका सरोकारवालाहरुको उपस्थितीमा आदिवासी जनजाती पार्क, सूर्योदय बुद्धविहार जाने बाटेको बारेमा गरिएको आमभेलामा सम्पूर्ण गाउँलेलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएर पछि गाउँले गईसकेकपछि निर्णय लेखिएको खड्काको भनाई छ। ८१ जनाको उपस्थितिमा गराईको उक्त हस्ताक्षरमा बालकृष्ण आफैंलेभने सहि गरेका छैनन्। उनको कर्तुत गाउँलेले थाहापाएपछि अहिले उनि भेडेटार छोडी फरार रहेका छन्। 

यसैबिच गाउँपालिकाका ६ नं. वडाअध्यक्ष यमप्रकाश मगरले गाउँपालिकामा आफ्नै वडामा यत्रो ठुलो घटना भएपनि आफैंलाई थाहा नभएको बताए। साविक बाटो ४ मिटरको भएपनि २ मिटर बढाउने क्रममा सबै २ मिटर नै प्रमोदको जग्गा परेकाले असन्तुष्ट रहेपछि आफुले छलफलमा बोलाउँदा बालकृष्ण छलफलमा नै नआएको बताए। 

उनले गाउँपालिकामा कांग्रेसबाट २ सिट र समाजवादीबाट १ सिट मात्र जितेकाले गाउँपालिकाको निर्णयमा जहिल्यैपनि नेकपाको बहुमतले पेलेरै लैजाने गरेको बताए। यस हस्ताक्षरमा वडाका सचिव गोविन्द बहादुर समालले पनि हस्ताक्षर गरेका छन्। पछि उनले आफुलाई झुक्याएको बताए। यसैगरी होटल एशोसिएसन भेडेटारका महासचिव आशिष राईले गाउँपालिकाका विभिन्न जिम्मेवार पदमा बसेका बालकृष्णले पर्यटन व्यवसायीलाई मुछेकाले न्यायका लागी अब सिडीओ कार्यालय जाने बताएका छन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *