सामुदायिक वनमा घोटाला, अध्यक्ष र सचिव विरुद्ध कोषाध्यक्ष राईको उजुरी

सुनसरी, १८ साउन । सुनसरीको धरान–१७ मा अवस्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहमा अध्यक्ष र सचिव लगायतका पदाधिकारीहरुले घोटाला गरेको भन्दै कोषाध्यक्ष अनिल कुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीमा उजुरी दिएका छन् । सामुदायिक वनमा अढाइ लाख भन्दा बढी रकम वनका अध्यक्ष लक्ष्मीराम कार्की, पूर्व सचिव शोभामणी राई लगायतले मिलेमतोमा घोटाला गरेको भन्दै कोषाध्यक्ष राईले गत साउन १० गते अख्तियारको सम्पर्क कार्यालय इटहरीमा उजुरी दर्ता गराएका हुन् । 

राई वि स २०७५ साल फागुनमा भएको अधिवेशनबाट कोषाध्यक्षमा चयन भएका थिए । २०७३ सालमा हस्तान्तरण भएको सिंहदेवी सामुदायिक वनको पहिलो कार्याकालमा लक्ष्मीराम कार्कीको अध्यक्ष रहेका थिए भने दोस्रोमा पनि उनी नै चयन भएका थिए । सामुदायिक वनको पहिलो कार्यकालकी सचिव शोभामणी राई भने दोस्रो अधिवेशनबाट कार्य समितिमा रहेकी थिईनन् । एता साउन १२ गते डिभिजन वन कार्यालयमा समेत यसबारे उजुरी गरेको कोषाध्यक्ष राईले शुक्रबार सिंहदेवी सामुदायिक वन क्षेत्रको चौरमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।राईले लामो समयदेखि सामुदायिक वनको अध्यक्ष पदमा बसेर कार्कीले भ्रष्टाचार गरेको बताएका थिए । उनले आफुले आ व २०७४/७५ को हिसाब हेर्दा २ लाख ५० हजार भन्दा बढी घोटाला गरेको भेटेको भन्दै यसअघि पनि धेरै घोटाला भएको हुन सक्ने दाबी गरेका छन् । आ व २०७४/७५ को अडिट गरिसकेको बिलमा घोटाला गरेको देखिएको छ । ५ सयको मबिल लगाएको बिलमा अगाडी ६ थपेर ६ हजार ५ सय बनाइएको बिल पत्रकार सम्मेलनमा कोषाध्यक्ष राईले देखाएका थिए । 

कोषाध्यक्ष राईका अनुसार अडिट रिपोर्टमा काठ बिक्रीको हिसाब ४ लाख ४० हजार ६०५ हुनुपर्नेमा ४ लाख २३ हजार ८४५ मात्र देखाइएको र आव २०७४/७५ को खर्च २ लाख ९२ हजार २३२ हुनुपर्नेमा ३ लाख २ सय ३२ देखाइएको छ । सम्मेलनमा कोषाध्यक्ष राईले अध्यक्षका २०/२५ मान्छेहरुको संख्यामा आएर मान्युट समेत खोसेर लगेको बताएका थिए । राईले आफुले राखेका प्रमाणहरु लामो समयसम्म सुरक्षित राख्न नसक्ने भन्दै कुनै पनि बेला अध्यक्षका मान्छेहरु आएर कब्जा गर्नसक्ने बताएका थिए । त्यस्तै सामुदायिक वनको नाममा अध्यक्षले वन समितीका सल्लाहकार बल बहादुर तामाङसँग एकलाख रुपैया लिएर के के काम गर्नुभयो समितिका अन्य साथीहरुलाई समेत थाहा नभएको बताएका छन् । 

null

उता फोन सम्पर्कमा सामुदायिक वनका अध्यक्ष लक्ष्मीराम कार्कीले सामुदायिक वन ऋणमा चलिरहेको बताएका छन् । उनले स्थानीय बलबहादुर तामाङसँग एकलाख रुपैया ऋण लिएर चालु वर्षको कटान गरेको स्वीकार गरेका छन् । आफुले जानेर सामुदायिक वनमा घोटाला नगरेको तर हिसाब किताब गर्ने कुरामा कही कमजोरी भएको भए सच्याएर जान सकिने समेत बताएका छन् । सोही पत्रकार सम्मेलनमा कोषअध्यक्ष राईले लेखा परिक्षक उमानाथ अधिकारीले समेत दोषी रहेकोले उनलाई पनि कार्वाही हुनुपर्ने बताएका थिए ।यसैबीच धरानमा रहेको एक सहकारीको करोडौ रकम सुनमा लगानी गरी लगानी डुबाएको भन्दै सहकारी पीडितले दिएको उजुरीको आधारमा सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक र लेखापाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले ६५ जना पीडितले करिब ५ करोड ६८ लाख रुपैयाँ माग दाबीसहित उजुरी दिएपछि प्रबन्धक मोहन दर्नाल र लेखापाल कमलादेवी विकलाई पक्राउ गरेको हो । 

त्यसो त लेखापाल भैरहवा जाने क्रममा काठमाडौंको नाकढुंगामा गत साउन ११ गते नै पक्राउ परिसकेकी थिइन् । संस्थाका अध्यक्ष कृष्ण बिकले लगानी जोखिम बनाएर असार २३ गते नै बेपत्ता बनेका थिए । बेपत्ता बनेकै समयमा उनको नाममा घर असार २७ गते ढेड करोडमा बिक्री गरिएपछि थप संका गरिएको थियो । त्यसपछि सञ्चालक समितिकै उपाध्यक्ष विष्णुकुमारी श्रेष्ठसहित १२ जना सदस्यले धरान उपमहानगरमा निवेदन दिएका थिए । निवेदनको आधारमा धरान उपमहानगरको सहकारी विकास समितिले बनाएको छानबिन समितिले सल्लेरीको ऋण सापटीको रुपमा ६८ लाख रुपैया लगेको प्रतिवेदन बुझाएको थियो । इप्रका धरानमा ६५ जना पीडितले ५ करोड ६८ लाख ६५ हजार ३ सय २५ रुपैयाँ रकम ठगी गरेको भन्दै उजुरी दिएपछि प्रबन्धक र लेखापाललाई पक्राउ गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =