कामना सेवाको नारायणगढ शाखा सर्यो

 

साउन २१, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको चितवन, भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ आजबाट हाल सञ्चालित भवनसँगै जोडिएको पूर्वतर्फ रहेको भवनमा सरेको छ । 

भरतपुर महानगरपालिका उप प्रमुख पार्वती शाह ठकुरीले उक्त शाखाको कारोबार शुभारम्भ गरिन् । शाखा स्थानान्तरणमा बैंकका सञ्चालक भिम प्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रिय प्रमुख नारायणगढ सुरेन्द्र भण्डारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । 

null

यस बैंकले नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =