सिटिजन्स बैंक र भेनस हस्पिटलबीच सहकार्य

 

साउन १५, काठमाडाैँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रमध्यबानेश्वर स्थित भेनस हस्पिटलबिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवाशुल्कमाविशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथाक्रेडिट कार्ड वाहक तथा कर्मचारीहरुले भेनस हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।  

null

“योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी, २०६४ बैशाख ७ गते देखि २० औं वाणिज्य बैंकको रुपमा स्थापनाभई अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस बैंककाे आर्थिक वर्ष २०७५।७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरि बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैँया खुद ब्याज आम्दानी गरेको छ। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवमगुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *