पाथीभरा गोल्डकपः आज रेडस्टार र डाँगीहाट भिड्दै, रेडहर्ष ईलामलाई पराजित गर्दै एलाभेन एरोज फाईनलमा प्रवेश

भदौ ५, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप अन्तर्गत फाइनलका लागि बिहीबार (आज) रेडस्टार झापा र डाँगिहाट मोरङबीच प्रतिस्पर्धा हुँदै छ ।   

सेमिफाईनल चरणको अन्तिम खेल सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा दिउँसो ३ बजे हुने छ । रेडटार र डाँगिहाटबीचको प्रतिस्पर्धामा जित्ने टीम फाइनलमा प्रवेश गर्ने छ । गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि भने भदौ ६ गते प्रतिस्पर्धा हुने छ ।   

यसैबीच बुधबारको खेलमा एलाभेन एरोज सुनसरी फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा रेडहर्ष ईलामलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरी फाईनलमा प्रवेश गरेको हो । खेलको ४५ औँ मिनेटमा यानिक ओनाले पहिलो गोल गरेका थिए भने ९१ औँ मिनेटमा स्याम चौधरीले दोश्रो गोल गरेका थिए ।   

null

पहिलो गोल गर्ने ओना दाउफिन्स क्यामरुनका खेलाडी हुन् । ओना बुधबारको खेलको म्यान अफ दि म्याचसमेत घोषित भएकाछन् । उनले नगद ५ हजार प्राप्त गरे ।   

भएको पहिलो सेमिफाईनल खेलमा रेडहर्ष ईलामलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरी फाईनलमा प्रवेश गरेको हो । खेलको ४५ औँ मिनेटमा यानिक ओनाले पहिलो गोल गरेका थिए भने ९१ औँ मिनेटमा स्याम चौधरीले दोश्रो गोल गरेका थिए ।   

पहिलो गोल गर्ने ओना दाउफिन्स क्याम्रुनका खेलाडी हुन् । ओना बुधबारको खेलको म्यान अफ दि म्याच समेत घोषित भएकाछन् । उनले नगद ५ हजार प्राप्त गरे ।   

सुनसरीले क्यमरुनका ३, थ्रिस्टारका २, एनआरटि, मनाङ मस्र्याङ्दी र सरस्वतीका १/१ जना खेलाडीलाई आफ्नो टिममा सहभागी गराएको थियो ।   

यु.के.एफ.सी दार्जिलिङ भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरी सेमिफाईनलमा प्रवेश गरेको थियो । यता फिदिम स्पोर्टिङ क्लबलाई ट्राईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै रेडहर्ष सेमिफाईनलमा प्रवेश गरेको थियो ।   

प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफि प्रदान गरिने छ । उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफि दिईने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *