४० वर्षिय घर्तीको शव खेतमा फेला

साउन २३, गुल्मी । गुल्मीमा घरबाट खेतमा पानी लगाउन जान्छु भनी हिँडेका एक व्यक्ति खेतमा मृत अवस्थामा भेटिएका छन् । 

धुर्कोट गाउँपालिका ६ टिम्मुर खर्कका ४० वर्षीय भोजबहादुर घर्ती खेतमा मृत अवस्थामा भेटिएको गुल्मी प्रहरीले जनाएको छ । 

बुधबार साँझ खेतमा पानी लगाउन भनी घरबाट हिँडेका घर्ती बेलुका सम्म पनी घरमा नआएपछी परिवारले खोज्ने क्रममा खेतमा मृत अवस्थामा उनलाई फेला पारेका थिए । 

null

हाल घर्तीको शवलाई पोष्टमार्टमको लागि गुल्मी पठाईएको प्रहरीले जनाएको छ । मृतक घर्तीको मृत्यु के कारणले भयो कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *