‘जायरा’ को प्रमोशनमा नम्रता पूर्वी नेपालमा

भाद्र १, धरान । लामो समयको अन्तरालपछि दर्शक सामु नायिका नम्रता श्रेष्ठले नयाँ चलचित्र ‘जायरा’ लिएर आएकी छिन् ।   

धरानमा आज पत्रकार भेटघाटमा चलचित्र टीमले चलचित्रमा नम्रताले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा निर्वाह गरेको जनाएको छ । ‘जायरा’ यहि भाद्र ६ गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर देशैभर प्रर्दशनमा आउने छ । 

चलचित्रमा एक महिलाले लिने प्रतिशोधको कथालाई उठान गरिएको छ । ‘जायरा’मा नायिका नम्रतासँगै नायक अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव कलाकार श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ ।   

नवकलाकार रेग्मी चलचित्रमा खेलाडीको रुपमा रहेकी छिन् भने, नवकलाकार मगर नम्रताको कोचको भूमिकामा छन् । नम्रताले यस चलचित्रका लागि आफनो लोभलाग्दो कपाल छोट्याउनु परेको साथै तौल समेत ५१ किलोग्राम बाट घटाएर ४३ किलोग्राम बनाएको बताएकी छिन् ।   

एक्शन प्रधान ‘जायरा’ लाई आँशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन् भने पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन रहेका छन् ।   

‘जायरा’ कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्सको प्रस्तुतीमा बनेको हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *