१९ वर्षीया छात्रालाई बलात्कार गर्नेलाई मृत्युदण्ड

भाद्र ५, वासिङ्टन । अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ ।  टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा योसहित चार जनालाई मृत्युदण्ड दिइएको छ ।   

टेक्सासको हन्ट्सभिल कारागारमा अभियुक्त ल्यारी स्वेरिनजेनलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको कारागार प्रशासनले जनाएको छ । अमेरिकी संचारमाध्यमका अनुसार ४८ वर्षीय ल्यारीले अन्तिम समयसम्म पनि आफू निर्दोष रहेको दाबी गरिरहेका थिए । ल्यारीका वकीलहरुले पीडितको डिएनए सही नभएको जिकिर गरेका थिए । अमेरिकी सर्वोच्च अदालतले ल्यारीको अनुरोधलाई बुधबार नै अस्वीकार गरेको थियो । 

दी ह्यूस्टन क्रोनिकलका अनुसार १९ वर्षीया मेलिसा ट्रटरलाई सन् २००० मा बलात्कार गरी हत्या गरेको आरोपमा ल्यारी पक्राउ परेका थिए ।  अमेरिकामा यस वर्ष १२ जनाले मृत्युदण्ड पाइसकेका छन् । यी मृत्युदण्डहरु अमेरिकाका दक्षिणी राज्यहरु टेक्सास, टेनेसी, अलाबामा, जर्जिया र फ्लोरिडामा भएका छन् ।–एएफपी 

Image result for बलात्कार गर्नेलाई मृत्युदण्ड

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *