‘टेलिप्रिजेन्स’मार्फत मन्त्रिपरिषद् बैठकः गोपनीयता र सुरक्षामा प्रश्न

भदौ ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट ‘टेलिप्रिजेन्स’मार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेको विषय विवादमा परेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपकपाकै नेताले समेत यो विषयलाई ‘डाटा सेक्युरिटी’ र सार्वभौमसत्तासँग जोडेर प्रश्न उठाएका छन् ।   

प्रधानमन्त्री उपचार गर्न सिंगापुर गएकाले सोमबार उनले ‘टेलिप्रिजेन्स’मार्फत मन्त्रिपरिषद्को नियमित बैठक गरेका थिए ।  यो विषयले मुलुकको गोपनियता भंग हुने भन्दै प्रतिनिधिसभा बैठकै कांग्रेसले विरोध जनाएको हो । प्रतिनिधिसभा बैठकमा समाय लिएर बोल्दै कांग्रेस प्रमु्ख सचेतक बालकृष्ण खाँणले यसले उच्च प्रविधिको दुरुपयोग बढ्ने दाबी गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *