सडेको अवस्थामा बसको छतमा मृत युवक

 

साउन १७, बुटल । बुटवलको बसपार्कमा बसको छतमा  अन्दाजी ३५ वर्षिय एक युवाको शव कुहिएको अवस्थामा फेला परेको छ । 

साउन २ गते देखी सो बसपार्कमा राकी राखेको १ ख ६१३७ नम्बर प्लेट भएको बसको छतमा गुल्मी चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ वर्षिय दीपक थापाकाे शव कुहिएको अवस्थामा प्रहरीले फेला पारेको हो । 

null

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी भीमलाल भट्टराईले भने ‘शव कुहिएको अवस्थामा फेला परेको छ’ , ‘हत्या हो, या मृत्यु भएको हो अनुसन्धान गर्दैछौं ।’ 

प्रहरीका अनुसार हाल थापाको शव लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *