प्रदेश १ मा लिम्बुवान बन्दको सामान्य प्रभाव

 

साउन २२, विराटनगर । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले बुधबार आह्वान गरेको वन्दले सामान्य प्रभाव परेको छ । सो पार्टीले अरुण पूर्वका नौ जिल्ला बन्दको आब्हान गरेको भएपनि त्यसको समान्य प्रभाव परेको छ । 

बन्दका कारण पहाडी क्षेत्रमा परेको छ भने महेन्द्र राजमार्ग देखी दक्षिणी क्षेत्रमा त्यसको कुनै असर परेन । परिषदको बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, ईलाम, झापा, , तेहथुम, धनकुटा, र संखुवासभा जिल्लामा यातायात र बजार ठप्प भएको छ । 

null

उक्त क्षेत्रमा प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक कुनै पनि सवारी साधन चलेनन् । बजार, पसल, कलकारखाना पनि बन्द रहे । महेन्द्र राजमार्ग देखि दक्षिणी क्षेत्रमा भने बन्दको असर परेन । ति क्षेत्रमा बजार, पसल, कलकारखाना तथा शैक्षिक संस्था नियमित सञ्चालनमा आएका छन् । 

वि.सं.१८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालीन गोर्खासँग भएको नुनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ । २०६६ सालदेखि आजको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *