घस्रेर हिड्ने टिकालाई ट्राइसाइकल प्रदान

 

साउन २४, धरान । शुक्रबार धरानमा कम्मर मुनिको भाग नचल्ने कतै हिडडुल गर्नुपर्दा हातले टेकेर घस्रेर हिड्नुपर्ने बाध्यता भएका एक अपाङ्ग व्यक्तिलाई ट्राइसाइकल प्रदान गरिएको छ । 

नेपाल लायन्स क्लब अफ धरान बुढासुब्बाले आफ्नो ४९ बर्ष पुगेको अवसर पारेर हातले चलाउने ट्राइसाइकलसँगै मर्मत गर्ने औजारहरु समेत दिई धरानका ५२ बर्षीय टिका तामाङलाई सहयोग गरेको हो । 

null

 

लायन्सका एरिया कोअर्डिनेशन दिपेन्द्र निरौला, जोन चियर पर्सन शान्ति श्रेष्ठ, लायन्स बुढासुब्बाकी अध्यक्ष कविता लिम्बू, लायन्स भेडेटार पाथिभाराका अध्यक्ष विष्णुराज श्रेष्ठ र धरान इष्टका अध्यक्ष राजिव दाहाललगायतको उपस्थितिमा उनलाई ट्राइसाइकल वितरण गरिएको हो । 

धरान ११ मंगलबारे चोकमा वरपिपलको ठुलो रुखमुनी बसी तरकारी र फलफुल बिक्री गरेर आफ्नौ दैनिक गुजारा चलाउँदै आईरहेका तामाङ ट्राइसाइकल पाएपछी निकै खुशी भएका थिए । 

यो भन्दा अघी पनी तामाङसँग एउटा ट्राइसाइकल थियो तर त्यो काम नै नलाग्ने अवस्थामा पुगेपछी घस्रिएर नै हिडडुल गर्नुपर्ने उनको बाध्यता थियो । अव उनले त्यो बाध्यताबाट मुक्त पाएसँगै अब मज्जाले ट्राइसाइकलमा आफूले चाहेको स्थानमा जान सक्ने छन् । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *