पाठेघरमा हुने क्यान्सरको कारण र जोगिने उपायहरू

भाद्र १, काठमाडौ । पाठेघर महिलाहरुमा हुने एक संवेदनशिल अंग हो । महिलाहरुमा देखिने क्यान्स सबैभन्दा बढी पाठेघरमा नै छ । 

 आजकलको ब्यस्त जीवन शैली, अव्यवस्थित खानपान, ब्यायामको कमी र लापरवाहीका कारणले महिलामा सबैभन्दा बढी देखिने पाठेघरको समस्यामध्ये पाठेघरको पाठेघरको मुखको क्यान्सर सबभन्दा खतरनाक हो । 

ह्युमन प्यापिलोमा भाइरस अर्थात् एचपिभीले महिलामा पाठेघरको मुख, मलद्वार, योनी तथा पुरुषको अन्डकोष, लिंगमा क्यान्सर गराउने सक्ने भाइरस हो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अचला वैद्यले यो भाइरस असुरक्षित यौन सम्पर्कबाट सर्ने बताएकी छिन् । शरीरिक सम्पर्क नगरेका महिलाहरूमा ह्युमन प्यापिलोमा भाइरसको समस्या देखा पर्दैन । तर, शारीरिक सम्पर्क गरेका सबै महिलामा यो भाइरसले संक्रमण गरिहाल्छ भन्ने पनि हुँदैन । 

Image result for पाठेघरमा हुने क्यान्सर

२ सयभन्दा बढी प्रकारको हुने ह्युमन प्यापिलोमा भाइरस मध्ये केहीले क्यान्सर गराउने हुन्छ भने केहीले यौनाङ्गको वरिपरीको छालामा स–सना मुसाजस्ता बिमरा वा खटिरा आउने समस्या निम्त्याउने गर्छ । विशेषगरी, ग्रामीण क्षेत्रका महिलाहरु तथा गरिबीका चपेटामा परेका महिलाहरुमा यस्तो समस्या बढी देखिने गरेको पाइन्छ । 

डा. अचला वैद्यका अनुसार यो भाइरसको संक्रमणले क्यान्सर भएको छ भने लक्षण देखाउदैन । यौनांगको परीक्षण गरेपछि मात्र रोग लागेको भनेर थाहा पाउन सकिन्छ । तर, कहिले काँही शरीरिक सम्पर्कका बेलामा रक्तश्राव हुने वा सेतो पानी बाग्ने भयो भने अलि सचेत रहनुपर्छ । शरीरमा हर्मोनको मात्रा बढी भएमा, सन्तान जन्माएका, उमेर नपुगी गर्भवती भएका, सुत्केरी भएको ६ हप्ताभन्दा अगाडि नै जटिल शारीरिक काम गर्दा, गर्भवतीको अवस्थामा पौष्टिक आहार नाखादा यस्तो समस्याले सताउने गर्छ । 

यसका साथै उमेर नपुग्दै विवाह भएका, धेरै पुरुषसँग शारीरिक सम्बन्ध राख्ने, धेरै सन्तान जन्माउने महिलामा र खानपिनमा ध्यान नदिने, अत्यधिक परिवार नियोजनका साधन प्रयोग गर्ने, पिल्स खाने महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा चिकित्सकहरुको सल्लाह लिन आवश्यक हुन्छ ।  

पाठेघरको क्यान्सरका लागि गर्नुपर्ने आवश्यक जाँच तथा परीक्षण गर्न पनि जरुरी हुन्छ । सबै जाँच र परीक्षण गर्दा उक्त समस्याहरु ह्युमन प्यापिलोका कारण भएको हो वा अन्य कुनै संक्रमणका कारण भएको भनेर थाहा पाउन सजिलो हुन्छ । 

महिनावारी नियमित नहुने, गर्भवती हुादा बच्चा पाठेघरभन्दा बाहिर बस्ने, ३५ बर्षभन्दा बढी उमेरमा पहिलोपटक बच्चा जन्माउँदा जटिल्ता उत्पन्न भएमा महिलाहरुलाई पाठेघरको समस्या भएको बुझ्न सकिन्छ । पाठेघरमा हुने समस्यालाई सामान्य मान्नु हुदैन । यसले महिलाको ज्यान समेत लिन सक्छ । समस्याबाट बच्नका लागि ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोप लागाउने गरिन्छ । 

यस्तो खोप प्राय गरी किशोरकिशोरीलाई दिने गरिन्छ । गर्भवतीले ह्युमन प्यापिलोमा भाइरसको खोप लगाउन नमिल्ने भएको कारण अगाडी नै जाँच गर्नु पर्ने तथा विवाहित जोडीलाई समेत परीक्षण गर्दा रोग छ भने त्यही अनुसार उपचार गरिन्छ । 

पहिलाबाटै सावधानी अपनाएका छौं भने पाठेघरको समस्यालाई कम गर्न सक्छौं । हामीले कम उमेरमा विवाह नगर्ने, २० बर्षभन्दा कम उमेरमा यौन सम्पर्क नगर्ने, शारीरिक सम्पर्कका लागि एउटै साथी छान्ने, कन्डमको प्रयोग गर्ने, सानो उमेरमा बच्चा नजन्माउने, महिनावारी भएका बेला यौनसम्पर्क नराख्ने, एकभन्दा बढि पुरुषसंग यौन सम्पर्क नगर्नुका साथै योनिलाइ सधै सफा राख्ने गर्नु पर्छ । 

विशेषगरी महिनावारी भएको बेलामा धेरै ध्यान दिन जरुरी छ । महिनावारी भएको बेलामा प्रयोग गरिने कपडा सफा तथा प्याड स्व्स्थ र सफा खालको हुनु पर्छ । धुम्रपान, मदिरापान, सुर्तीजन्य पदार्थलाई त्याग्नु पर्छ । धुम्रपान गर्ने महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । २० देखि ३० बर्षको बीचमा बच्चा जन्माउनु उपयुक्त हुनुका साथै अर्को बच्चा जन्माउन कम्तीमा तीन महिनादेखि पाँच बर्षको अन्तरमा जन्माउनु पर्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *