प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १६ करोड २२ लाख

भाद्र २, काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आइतबार विरगञ्ज, पर्सामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार  ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको व्यहोरा अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए । 

आ.व. २०७४/७५ मा कम्पनीले रु. १६ करोड २२ लाख १५ हजार ७ सय ३४ रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ । 

यस भन्दा अघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद  शेयर जारी  पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब  २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ । 

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *