ठूला मिडिया हाउसबाट श्रमजिवी आन्दोलन शुरु हुन्छः अध्यक्ष आचार्य

 

साउन २७, दाङ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

रिपोटर्स क्लव नेपाल दाङले आज सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले श्रमजिवि पत्रकारहरुलाई न्युनतम पारिश्रमिक , नियुक्ति पत्र दिलाउनका लागी आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन् । उनले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी ठुला मिडिया हाउसबाट आन्दोलन शुरु गर्ने बताए । 

null

 

श्रमजिवि पत्रकारहरुलाई अधिकार दिलाउनका लागी मिडीया हाउस वन्द भए पनी आन्दोलन नरोकिने प्रष्ट पारे । रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै आचार्यले सरकारले ल्याउन लागेको प्रेस विरोधि विधेयक महासंघको आन्दोलनका कारण रोकिएको दावि गरे । उनले पत्रकार महासंघ आफैमा आन्दोलनको नाम भएको भन्दै सरकारले ल्याउने प्रेस विरोधी कानुनलाई कहिल्यै नमान्ने दावि समेत गरे ।  

सत्तामा पुग्ने हरेक राजनितिक दलले प्रेस लाई कुन्ठीत गर्ने तथा प्रेस स्वतन्त्रता बिरोधि कानुन ल्याउन खोज्ने गरेको भन्दै त्यसका विरुद्ध सदैव लागि रहने बताए । त्यसैगरि अध्यक्ष आचार्यले महासंघ अहिले सरकारका तिनै तहले ल्याउने प्रेस कानुका बारेमा लागि परेको भन्दै सवै तहले प्रेस मैत्रि कानुन ल्याउने बिश्वास समेत व्यक्त गरे । 

त्यस्तैगरि कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलका कारण सरकार पछि हटेको दावी गरे । सरोकारवालाहरु संग समन्वय र सहकार्य नगरि ल्याउने जस्तो सुकै कानुन आफुहरुलाई मान्य नहुने उनको जिकिर रहेको थियो । 

महासंघ अहिले महासंघको भावि रणनिति ,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि भेटघाट र छलफलमा रहेको समेत दावि गरे । साथै विष्टले महासंघले थालेको आन्दोलनका क्रममा देशभरिका पत्रकारहरु सडकमा आएर सफल बनाएको भन्दै धन्यबाद ब्यक्त गरका छन् । 

सो अवसरमा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोेख्रेल, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विर बहादुर रावत विरु, नेपाल पत्रकार महासंघका लेखा अधिकृत प्रकाश श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन रिपोटर्स क्लव नेपाल दाङका महासचिव बिमल गौतमले गरेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *