आइडियल इङलिस बोर्डिङ स्कूललाई ब्रिटिस काउन्सिलको विद्यालय शिक्षा पदक

भाद्र ९, धरान । सुनसरीको धरान स्थित आइडियल इङलिस बोर्डिङ स्कूलले ब्रिटिस काउन्सिलको शिक्षा विभागबाट विद्यालय शिक्षा पदक प्रदान गरिएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रको सहकार्यमा सञ्चालित सन् २०१९ देखी २२ सम्मको विद्यालय शिक्षा पदक प्राप्त गर्न सफल भएको हो ।   

विद्यालय शिक्षा पदक यही २० अगस्तमा नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिस तथा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले संयुक्त रुपमा एक समारोहका बीच विद्यालयलाई प्रदान गरिएको गरे । 

२१ सौं शताब्दीमा आवश्यक पर्ने व्यक्तित्वका विविध आयामलाई शिक्षा तथा सीपका माध्यमबाट बालबालिकामा स्थानान्तरण गर्ने क्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको अहम भुमिका खेले बापत सो पुरस्कार प्राप्त गर्न सफल भएको बिद्यालयका निर्देशक सागर खडकाले बताए । सो अवार्डका लागी बिद्यालयले ISa कार्यक्रम (प्रोजेक्ट) का ६ वटा व्यक्तित्व विकासका गुणसँग सम्बन्धित उद्देश्यमा केन्द्रित रही स्थानीय पाठ्यक्रमलाई समेटेर १० वटा विभिन्न प्रयोगात्मक कार्यक्रमहरू गरेका थिए ।   

जसमा विद्यार्थीलाई प्राथमिक उपचार, साइबर क्राइम, स्थानीय धार्मिक, सांस्कृतिक स्थलको संरक्षण सम्बर्धन गर्ने तरिका, भूकम्प, बाढी, पहिरो आदि प्राकृतिक प्रकोप र तिनबाट जोगिन अपनाउनु पर्ने सावधानी, स्थानीय रुपमा पाइने जीव जनावर र तिनको संरक्षण, आफ्नो सांस्कृतिक पोशाकको पहिचान र प्रवर्धन, समयबजी अर्थात् आफ्ना ठाउँमा पाइने खाना बनाउने तरिका, संस्कृतिमा मिसिएका विक्रिति, विद्युतीय साक्षरता लगायतका विषयमा योजना बनाएर प्रस्तुत गरिएको थियो । 

त्यस्तै बिद्यालयले छिमेकी विद्यालय दन्तकाली मा.वि., ज्योति प्रा.वि. धरानसँग प्रत्यक्ष तथा बेलायतको क्विन्स जोसेफ हाइस्कुल र क्विन्स मेरी प्राइमरी स्कुल तथा बङ्लादेशको श्रीपुर सरकारी हाई स्कुल, पाकिस्तानका आर्मी पब्लिक हाइ स्कुल रावलपिण्डी तथा गभरमेन्ट गल्र्स हाइ स्कुलसँग मिलेर विचार आदान प्रदानका साथै सूचना प्रविधिको माध्यमबाट प्रयोगात्मक रुपमा सिक्ने सिकाउने कार्ययोजना पनी गरेको विद्यालयका निर्देशक खड्काले बताए । खड्काले विद्यालयका शिक्षक र विद्यार्थीहरुको  सक्रियता, ज्ञान र सीपमा विद्यालय उत्कृष्ट रहेको प्रमाणित गरेकाले यो पदक प्राप्त गर्नु स्कूलको लागि मात्र नभएर समग्र धरानकै लागि गौरवपूर्ण कुरा रहेको जिकिर गरे ।   

ISa कार्यक्रम अन्तर्राष्ट्रिय स्तरका सिकाइका विधि र पद्दति अवलम्बन गर्दै विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता, व्यक्तित्व विकासका सन्दर्भमा आवश्यक पर्ने गुणहरूलाई आधार मानेर  सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा देशभरबाट १५७ बिद्यालयको सहभागीता रहेपनि ४१ बटा बिद्यालयले मात्र अवार्ड जित्न सफल भएका छन त्यसमा धरानबाट आइडियल इङलिस बोर्डिङ स्कूल र दिल्ली पब्लिक स्कुल घोपा क्याम्पले मात्रै अवार्ड हात पार्न सफल भएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *