ईलाका प्रहरी रानीको भवन शिलान्यास

 

साउन २७, विराटनगर । ईलाका प्रहरी कार्यालय रानीको हाता भित्र निर्माण हुन लागेको प्रहरी कार्यालय भवन तथा आवास गृहको शिलान्याश भएको छ । उक्त भवनको आज बिशेष समारोहका विच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालले शिलान्याश गरे । 

पुरानो भवन जिर्ण भई दैनिक काम कारवाहीमा कठिनाई भएको अबस्थामा ५ कठ्ठा १० धुर क्षेत्रफलमा, ७ करोडको कुल लागतमा सुबिधा सम्पन्न कार्यालय भवन तथा आवास गृहको निर्माण हुन लागेको हो । 

null

भवनको शिलान्याश पश्चात कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख ज्ञवालीले भवन मात्र सबै चिज नभई भवनबाट प्रवाह हुने सेवा सबै भन्दा ठुलो र भवनको महत्व भन्दा पनि भवनबाट प्रवाह हुने सेवाको गुणस्तरको महत्व बढी हुने तथा प्रहरी कस्तो छ भन्ने देखाउने हुँदा यसवाट प्रवाह हुने सेवाको स्तरमा बृद्धी गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । 

उनले तोकिएकै समयमा र तोकिएकै मापदण्ड अनुसार निर्माण सम्पन्न भई हस्तान्तरण हुनेमा आफु बिश्वस्त रहेको बताउदै सम्बन्धीत निर्माणकर्तालाई सम्झौता बमोजिमकै समय र मापदण्डमा निर्माण सम्पन्न गर्न अनुरोध गरे । 

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले कानून कार्यान्वयनको विकाश हुँदैन नभए सम्म मानव सभ्यताको विकाश नहुने भएकाले समाजमा शान्ति सुरक्षाको विकाश गर्न र सभ्यताको विकाशमा पहिलो अवश्यकता भनेको प्रहरीर सुरक्षा रहेको बताउँदै प्रहरी प्रबिधी मैत्री र सुबिधा सम्पन्न हुनुको बिकल्प नरहेको बताए । 

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधीकारीहरु, स्थानीय जनप्रतनिधीहरु, स्थानीय नागरीक, समाजसेवी, ब्यापारी, संचारकर्मी लगायत १०० भन्दा बढीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *