स्थापनाको ५ वर्षमा विराट मेडिकल कलेज टिचिङ हस्पिटलः अब सर्जरीमा ५० प्रतिशत छुट

 

साउन २४, विराटनगर । प्रदेश नं. १ का सबै प्रकारको उपचार सेवा उपलब्ध भएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्थापनाको पाँचौ वर्षका अवसरमा जनताको स्वास्थ्योपचारमा उपचारमा भारि छुट दिने भएको छ । जनतालाई छिटो, छरितो, भरपर्दो र गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिँदै आएको सो हस्पिटलले स्थापनाको पाँचौ वर्षका अवसरमा ल्याप्रोस्कोपी वाहेक सबै प्रकारका शल्यकृयामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । 

अन्य अस्पतालको तुलनामा न्यूनतम शुल्कमा सर्जरी सेवा उपलब्ध गराउँदै आएको सो हस्पिटलले हालको शुल्कमा पनि ५० प्रतिशत छुटको अवसर दिएको हो । हस्पिटल सञ्चालनमा आएदेखी नै गरिबीको रेखामुनि रहेका तथा विपन्न जनताले समेत सहज रुपमा स्वास्थ्य सेवा लिँदै आएका थिए । अब साउन २५ गतेदेखी ल्याप्रोस्कोपी बाहेक जनरल, गाइनो, अर्थो, नाक कान घाँटी, डेन्टललगायत सबै प्रकारका सर्जरीमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका मार्केटिङ तथा सञ्चार विभाग प्रमुख आभाष श्रेष्ठले जानकारी दिए । 

null

‘स्थापनाको ५ वर्ष पुगेको अवसरमा जनतालाई अझ सहज र न्युनतम शुल्कमा उपचार सेवा दिने उद्देश्यले सबै प्रकारका अप्रेसनमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको हो ।’ उनले भने–‘१ महिना सम्म यो सुविधा लागु गरिने छ, त्यसैले यो मौकामा प्रदेशका सवै जनताले लाभ लिनुहोस् । पैसाकै अभावमा उपचारबाट बञ्चित भइरहनु भएका बिरामीकै लागि यो सुविधा ल्याइएको हो ।’ 

 

५ वर्ष अघि मोरङ बुढीगंगा गाउँपालिका–२ स्थित टंकिसिनुवारीमा स्थापना भएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा अब सबै प्रकारका उपचार सेवा उपलब्ध छन् । प्रदेश नं. १ मा सबै भन्दा सस्तो, सर्वसुलभ, शान्त तथा सफा वातावरण उपचार सेवा उपलब्ध गराउँदै आएको छ । सो हपिस्टलमा क्यान्सर, आँखा लगायतका सवै सेवाहरु उपलब्ध रहेको हस्पिटलका प्रशासन प्रमुख सुधिर सिंहले जानकारी दिए । उनले सबै उपचार हस्पिटलमा उपलब्ध भएकाले अब प्रदेश १ का जनता कुनैपनि उपचार सेवा लिनका लागि काठमाडौं वा विदेश जानु नपर्ने दावी गरे । 

 

हस्पिटलमा स्त्री तथा प्रसुती सेवा, गाइनो, ल्याप्रोस्कोपी सर्जरी, जनरल सर्जरी, जनरल ल्याप्रोस्कोपी सर्जरी, हाड जोर्नी तथा नसा, नाक कान घाँटी, मुत्र तथा पुरुष गुप्त रोग, न्यूरो सर्जरी, जनरल मेडिसिन, नवजात शिशु तथा वाल रोग, छाला यौन तथा कुष्ठरोग, मानसिक रोग, आँखा रोग, मुख तथा दन्त, प्लाष्टिक सर्जरी, आहार तथा पोषण विभागहरु मार्फत सम्बन्धीत उपचार सेवा उपलब्ध हुँदै आएको छ । 

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा सरकारद्धारा सञ्चालित स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य विमा कार्यक्रम र खोप सेवा समेत उपलब्ध छ । यस वाहेक, आङ खस्ने समस्याको उपचार र शल्यकृया, पाठेघर क्यान्सरको परामर्श र उपचार, निःशुल्क खुडे शल्यकृया लगायतका कार्यक्रम र उपचार सेवा समेत उपलब्ध छ । 

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आकस्मीक विभाग, आइसियु, एनआइसियु, शल्यकृया कक्ष रहेका छन् । 

 

प्रदेश नं. १ मै सबैभन्दा सस्तो र गुणस्तरीय उपचार सेवा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटल बिरामीहरुको सुविधाका दृष्टिकोणले अनेकन विषेशता रहेका छन् । हस्पिटलमा नेपाल सरकारबाट मान्यता प्राप्त एम.डी एम.एस तथा एम.सि.एच गरेका दक्ष तथा अनुभवि चिकित्सकहरुबाट मात्र उपचार हुने गरेको छ । अनुशाशित, मर्यादीत एवम् तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको छ । 

विश्वस्तीय उपचार सेवा समेत रहेको सो हस्पिटलमा अति न्युन शुल्कमा सवै प्रकारका सेवा उपलब्ध रहेको छ । यातायातका दृष्टिकोणले राजमार्गमै अवस्थीत, सजिलै पुग्न सकिने, सफा तथा सुविधा सम्पन्न वार्डहरु सो हस्पिटलका विषेशतामा पर्दछन् । जेष्ठ नागरिक, गरिब, विपन्न, अपाङ्गता भएका व्यक्तिहरुलाई विषेश छुटको व्यवस्था रहेको सो अस्पतालमा सबै हिसावले सुविधा सम्पन्न उपचार सेवा लिन सकिने हस्पिटल प्रशासन प्रमुख सुधिर सिंहले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *