राष्ट्रिय वाणिज्य बैंकले एकै पटक थप्यो १४ शाखा

भदौ ११, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकै पटक १४ शाखा विस्तार गरेको छ ।   

बैंकले मोरङको कर्सियाबजार, झापाको चकचकी, रौतहटको चन्द्रपुर, मकवानपुरको भिमफेदी, महोत्तरीको वलवाबजार र पिपरा, पर्साको पोखरीया, काठमाडौंको टोखा र कोटेश्वर, नवलपुरको टांगीकोट, तनहुँको खैरेनीटार, गुल्मीको पुर्तिघाट, कपिलवस्तुको चन्द्रौटे र दाङको घोराहीमा आफ्नो नयाँ शाखा विस्तार गरेको हो ।   

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच अर्थमन्त्री युवराज खतिवडाले डिजिटल प्रविधिको प्रयोगबाट १४ वटै शाखाको एकैपटक उद्घाटन गरे ।   

rbb-14-branches-extention

योसँगै बैंकको कुल शाखा संख्या २ सय ३६ पुगेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *