आल्मुनियम फाइलमा खाना प्याक गरिएकाे खाना खादा स्वास्थ्यमा त्यति धेरै असर

भाद्र ३ ।  आल्मुनियमको फाइल सहरी जीवनको महत्वपूर्ण हिस्सा बन्दै छ । यसलाई खाना, तरकारी, मासु वा अन्य खाद्यपदार्थ प्याक गर्न प्रयोग गरिन्छ ।  

मानिसको व्यस्त जीवनमा समय बचतका लागि पनि यस्तो गरिन्छ । किनभने, मानिसलाई भाँडा माझ्ने फुर्सद पनि छैन । तर, लामो समयसम्म आल्मुनियममा खाना राख्दा खाना खराब मात्र हुँदैन, पोषण तत्व पनि उडेर जान्छ । यसको कम प्रयोगले स्वास्थ्यमा त्यति धेरै असर नपार्ने भए पनि बढी प्रयोग भने हानिकारक मानिन्छ । 

विकासशील मुलुकमा आल्मुनियमको अत्यधिक प्रयोग गरिन्छ । आल्मुनियमको भाँडामा खाना पकाउँदा त त्यति धेरै असर गर्दैन तर आल्मुनियम फाइलमा खाना प्याक गर्नु भने स्वास्थ्यका लागि हितकर मानिदैन । 

Image result for आल्मुनियम फाइलमा प्याक खाना

आल्मुनियमले शरीरका विकारलाई सजिलै हटाउँछ । तर, यसको बढी प्रयोग भने घातक बन्छ । यसको बढी प्रयोगले अल्मराइजबाट पीडित मानिसको ब्रेन टिस्युमा आल्मुनियमको मात्रा बढ्छ । अनुसन्धानले भनेको छ कि आल्मुनियमले दिमागको विकासलाई प्रभावित तुल्याउँछ । 

हाडको समस्याबाट ग्रसित मानिसका लागि पनि आल्मुनियम घातक बन्छ । यो हाडको समस्या थप बल्झाउने कारक बन्छ । विश्व स्वास्थ्य संघको रिपोर्टअनुसार प्याकिङ गरेको आल्मुनियमको फाइलबाट खानामा आवश्यकभन्दा बढी आल्मुनियम सर्छ । 

मसलेदार खानाले त भारी मात्रामा आल्मुनियम ग्रहण गर्छ । जुन खानाको प्रयोग मानिसका लागि हानिकारक साबित हुन्छ । यदि खाना राख्न वा खानालाई न्यानो गराउन आल्मुनियमको डब्बा प्रयोग गर्नुभएको छ भने त्यसको सट्टा काँचको भाँडा प्रयोग गर्न विज्ञ सुझाउँछन् । 

यदि आल्मुनियमको फाइलमा बाध्यतावश खाना प्याक गर्नुपरेमा चिसो मात्र गर्नुपर्छ, त्यो पनि निकै कम समयका लागि । खाना जति बढी मसलेदार छ, त्यति नै बढी आल्मुनियम ग्रहण गर्छ । खाना न्यानो बनाउनका लागि बजारमा विभिन्न थरीका आल्मुनियम डब्बा उपलब्ध छन् । त्यस्ता डब्बाको माथिपट्टि खानालाई खराब हुनबाट रोक्ने वस्तु राखिएको हुन्छ । पटक–पटक भाँडा सफा गर्दा त्यस्तो वस्तुको गुण पनि नष्ट हुँदै जान्छ । हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै 

सील प्याक गरिएको खानेकुरा खानुहुन्छ ? खासगरी महिलाले यस्तो खतरनाक समस्या झेल्नु पर्छ ।  

बजारमा पाईने हरेक बस्तुहरु चाहे त्यो कस्मेटिक उत्पादकसंग जोडिएको होस या खानेकुरासंग जोडिएका कुराहरु हुन्, हामी ती बस्तुहरुमा सजिलै विश्वास गरेर खरिद गर्ने गर्दछौँ । ती कुराहरु भरपर्दो र सुरक्षित हुन्छ भन्ने पूर्ण विश्वासमा त्यस्ता चिजहरु खरिद गरेका हुन्छौँ ।  

यसका बाबजसद पनि बजारमा उत्पादन गरिएका कतिपय उत्पादकहरु हाम्रो स्वास्थ्यका लागि फाईदाजनक भएपनि कतिपय बस्तु यस्तो हुन्छन् जसले ज्यानै जान सक्छ । त्यस्ता उत्पादक मध्ये लामो समयसम्म सील प्याक गरिएको बस्तु । 

आफ्नो शरीरलाई सफा राख्नको लागि आमी दिनहुँ साबुन र श्याम्पुको प्रयोग गर्छौ । साबुनको प्रयोगले हामी स्वस्थ रहन्छौँ भन्ने हाम्रो सोचाई साबुनको प्रयोग गरिरहेका हुन्छौ । यी बस्तुहरुको दिनहुँको प्रयोगले हाम्रो शरीरमा कस्तो किसिमको हानी पुर्याईरहेको हुन्छ भन्ने कुराबाट हामी अनविज्ञ छौँ । चीनमा गरीएको एक अध्ययन अनुसार यस्ता उत्पादकहरुमा फेथलेट्स कर नामक केमिकलको प्रयोग गरिएको हुन्छ । कम गुणस्तरको केहि मिश्रणले लामो समयसम्म संपर्कमा रहनाले स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ । 

त्यसैगरी बट्टामा बन्द गरिएको खाद्य उत्पादक या कुनैपनि दैनिक जीवनमा प्रयोग हुने उत्पादकलाई लामो समयसम्म प्रयोग गर्नाले गर्भपन समेत हुन सक्छ । चीनको बेईजीङस्थित पेकिंग यूनिवर्सिटीमा ३०० भन्दा बढी महिलाहरुमा गरिएको नयाँ अध्ययन अनुसार अनुसन्धानकर्ताहरुले यसमा फैथलेट्स पाईएको र जसको प्रयोगले ५ देखि १३ हप्ता भित्र समयावधिको गर्भपतन हुने सम्भावना अत्याधिक रहेको पाईएको हो । 

चीनमा भर्खरै गरिएको अनुसन्धानका अनुसार बजारमा उत्पादन गरएको बस्तुको प्रयोगले १ सय ७२ जना महिलाको गर्भपतन भईसकेको छ । जसको एकमात्र कारण हो फैथलेट्स केमिकलको प्रयोग । त्यसैले बजारमा उत्पादन भएका र लामो समयसम्म प्याकिङ गरिएको बस्तुको प्रयोग अघि एक पटक सोच्नु उचित हुन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *