धनुषामा दालमोठ फ्याक्ट्रीमा आगलागी हुँदा ८० लाखको क्षती

भाद्र १, जनकपुरधाम । शनिबार साँझ  धनुषाको एक  दालमोट फ्याकट्रीमा आगलागी भएको छ । 

साँझ करिब सात बजे धनुषाको मिथिला नगरपालिका वडा नं. १ स्थित स्थानीय कुशेश्वर ठाकुरको घरमा संचालन भएको दालमोट फ्याकट्रीमा आगलागी  भएको हो ।   

होत्तरीको अजित कुमार झाले सञ्चालन गरेको दालमोट फ्याक्ट्रिमा आगलागी हुँदा  फ्याक्ट्रिका सम्पूर्ण सामान जलेर नष्ट भई करिब ८० लाख मूल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ । 

Image result for आगलागी

आगलागी के कारणले भयो कारण भने खुल्न नसकेको  धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। 

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *